2026-10-14 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल मजदुर किसान पार्टीको ४२ औ स्थापना दिवस

कमल रावल । माघ १६ अछाम । नेपाल मजदुर किसान पार्टीको ४२ औ स्थापना दिवसको अवसरमा राकम कर्णालीमा विशाल जनसभा कार्यक्रम सम्पन्न भएको छ । सभामा बोल्दै नेमकिपाका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमखु प्रेम सुवालले भारतले लगाएको नाकाबन्दी एक किसिमको यूद्ध भएकाले भारतिय विस्तारवाद सामु सरकारमा रहेका दलहरुले आत्मसमरण गरेको बताउनु भयो ।

नेपाली जनताले भारतिय विस्तार वादका विरुद्ध सडक देखि सदन सम्म आन्दोलन अगाडी बढानु पर्ने बेला आएको भनाई राख्नु भएको थियो । कार्यक्रममा नेपाल क्रान्तीकारी महिला संघका केन्द्रिय अध्यक्ष तथा व्यवस्थापिका संसदका सदस्य अनुराधा थापा मगरले नेपालको संसदमा भारतिय राजदुर रञ्जित रे का विरुद्ध नारा जुलुस लगाउँदा सरकारमा रहेका दल मौन बसेको आरोप लगाउनु भयो । गाउँ कमिटीका सभापती रमेश कुमार माझीको सभापतीत्वमा भएको भेलामा केन्द्रिय सदस्य जग्य बहादुर शाही, केन्द्रिय सदस्य बज्जिर सिंह विक, नेमकिपा अछामका अध्यक्ष झंकर बहादुर शाही, नेपाल क्रान्तीकारी विद्यार्थी संघ केन्द्रिय सचिब नरेश खत्री, केन्द्रिय समिती सदस्य पुष्पा विष्ट लगाएतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश