2026-08-29 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

कमल रावल/ माघ २३, अछाम । प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आज जिल्ला अस्पताल अछामका बिरामी र वाक नेपालद्धारा सञ्चालित स्याहार केन्द्रका एचआईभी संक्रमितलाई फलफुल वितरण गरेको छ । जिल्ला स्थित प्रेस चौतारीमा आबद्ध पत्रकारहरु तथा अन्य सहभागीहरुको उपस्थितीमा स्थापना दिवसको अवसर पारी अस्पतालका विरामी र स्याहार केन्द्रका एचआईभी संक्रमितलाई फलफुल वितरण गरिएको हो ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको स्थानीय एक गैरसरकारी संस्था पहुँच र श्रृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) ले एचआईभी संक्रमितको हेरचाहका लागि सञ्चालन गरेको स्याहार केन्द्रमा एचआभी संक्रमितहरु बस्दै आएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारीको नेतृत्वमा गएको टोलिले बिरामीलाई फलफुल वितरण गर्दै स्वास्थ्य लाभको कामना समेत गरेको छ । कार्यक्रम नेकपा एमाले अछामका प्रचार विभाग प्रमूख भीम जनाला र जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक चक्र बिष्ट र सिनियर स्टाप नर्स गँगा बुढामगरको समेत उपस्थिती थियो ।

कार्यक्रममा रेडियो रामारोशन एफएमका अध्यक्ष एकिन्द्र कुँवर, रेडियो जनप्रियका स्टेसन म्यानेजर ललित केसी, रेडियो सोसाईटी एफएमका प्रबन्ध निर्देशक धु्रव विसी, प्रेस चौतारीका पूर्व उपाध्यक्ष नरेश शाही, खप्तड न्यूज दैनिक पत्रिकाका कार्यकारी सम्पादक समाचारदाता बिष्णुप्रसाद भण्डारी लगाएत जिल्ला स्थित चौतारीमा आबद्ध सबै सञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो