2026-08-29 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राष्ट्रियताको रक्षाका लागि पार्टी एकता आवस्यकः नेता गुरुङ

कमल रावल/ फागुन ३ अछाम । नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी एकताको आवश्यकता रहेको बताएका छन । पार्टीको सेती महाँकाली राज्य समितीको बैठकलाई सम्बोधन गर्नका लागि अछाम पुग्नुभएका नेता गुरुङले मंगलसेनमा सञ्चारकर्मीसंग कुरा गर्दै बैदेशीक हस्तक्षेप र चलखेललाई परास्त गर्नका लागि र राष्ट्रियतालाई बलियो बनाँउनका लागि पार्टी एकिकरण हुनुको बिकल्प नरहेको बताएका हुन ।

एमाओवादी लगायत माओवादी शक्तिहरुसंग एकताका लागि आफ्नो पार्टीले संस्थागत निर्णय गरेर छलफल चलाईरहेको भन्दै नेता गुरुङले बिचार र सिद्धान्ततः कुरा मिलाएर पार्टी एकिकरण हुनुपर्ने धारणा राखेका थिए । देशभक्त शक्तिहरु एकजुट भएर राष्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्ने बेला आएको बताँउदै यसमा सबैको समान धारणा बनाई पार्टीलाई एक बनाँउनका लागि बार्ता टोली मार्फत पनि छलफल र बहस भईरहेको बताएका छन । पछिल्लो समय काँग्रेस एमाले अगाडी आईसकेपछि राष्ट्रिय सार्वभौम सत्ताको रक्षा गर्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि सच्चा कम्यूनिष्ट माओवादीहरु अगाडि सर्नुपर्ने उल्लेख गरेका छन ।

यसैगरी बैदेशीक हस्तक्षेप बढ्दै जाँने अबस्था आएमा फेरी युद्ध पनि हुन सक्ने तर्फ संकेत गर्दै गुरुङले कुर्चीमा पुग्नका लागि नेपालका केही नेताहरुले आत्मसर्मपणबादी प्रबृति अंगाल्ने गरेकाले देशमा समस्या आईरहेको बताएका थिए । आन्तरिक समस्यामा दिल्लिलाई गुहार्ने काम पनि कोही कसैले गर्न नहुने नेता गुरुङको भनाई थियो । पूर्व कानुन मन्त्रि समेत रहेका माओवादी नेता गुरुङले बाह्य शक्तिकै कारण पहिलो संविधानसभा बिघटन भएको बताँउदै बाह्य चलखेलकै कारण भएको दोस्रो संविधानसभा निर्वाचन आफुहरुले बहिस्कार गरेको सन्र्दभ पछिल्ला घटनाक्रम संगै पुष्टि भईरहेको बताए ।

फरक प्रसंगमा नेता गुरुङले पछिल्लो समय प्रचण्डमा राष्टिय स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने भावना जागृत भएपनि बिप्लव र बाबुराममा त्यस्तो भावना कहिल्यै नपलाएको बताए । मुलुक जटिल मोडमा पुगेको, संकट गहिरिदै गएको र जनअधिकारको मुद्धा कुण्ठित हुनुका साथै राष्टियताको समस्या गम्भिर मोडमा पुगेको समयमा राष्टियताको मुद्धामा सबैको एकमत हुनुपर्नेमा नेता गुरुङको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो