2026-08-29 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आठौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा अन्तिम चरणमा

कमल रावल/ फागुन १९, अछाम ।
विनायक अग्रस्थानमा, मँगलसेन स्रोतकेन्द्र दोस्रो स्थानमा ।।
अछाम जिल्लामा मंगलबार देखि सुरु भएको आठौ राष्ट्रपति रनिङ सिल्ड तथा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा दोस्रो दिन सम्म अधिकाश विधामा विनायक स्रोत केन्द्र अगाडी देखिएको छ । प्रतियोगितामा हाल सम्म सम्पन्न भएका छात्र तथा छात्राका यथ्लेटिक्सका २२ वटा खेलमा ११ वटा विधामा प्रथम स्थान रहदै विनायक पहिलो स्थानमा रहेको छ भने ७ वटा खेलमा प्रथम रहदै मंगलसेन दोस्रो छ भने जयगढले २ र मेल्लेख र श्रीकोट स्रोत केन्द्रले एक एक खेलमा अग्रता लिएका छन ।
achham - sajha sabal

हाल सम्म सम्पन्न खेलमा छात्र तर्फको सर्टफुटमा श्रीकोटका कृष्ण खडका, १ सय मिटर दौडमा विनायकका राकेश चौधरी, २ सय मिटरमा मंगलसेनका पुष्प विक,४ सय मिटरमा विनायकका मोहन रावत,,८ सय मिटरमा विनायकका देबराज तिमिल्सैना, १५ सय मिटरमा विनायकका किरण साउद, ३ हजार मिटरमा विनायका सुरेश तिमिल्सैना प्रथम स्थानमा रहेका छन । त्रिपल जम्पमा विनायकका देवराज तिमिल्सैना,लँगजम्पमा मगलसेनका पुरन भाट र हाईजम्पमा विनायकका कृष्ण तिमिल्सैना प्रथम स्थानमा रहेका छन ।

यस्तै छात्रा तर्फको सर्टफुटमा मंगलसेनका इन्द्रा भाट, १ सय मिटर दौडमा विनायका जानकी तिमिल्सैना, २ सय मिटरमा विनायकका जानकी तिमिल्सैना, ४ सय मिटरमा जयगढका अनिता भुल, ८ सय मिटरमा जयगढका अम्बीका बोहरा, १५ सय मिटरमा मगलसेनका प्रतिमा शाही प्रथम, ३ हजार मिटरमा मगलसेनका टँक थ्यायत प्रथम स्थानमा रहन सफल भएका छन । यस्तै लँगजम्पमा विनायकका पार्वति तिमिल्सैना, हाईजम्पमा मगलसेनका निर्मला बिष्ट, त्रिपल जम्पमा विनायकका राधिका धमाला, र ज्यावलिँग थ्रोमा मगलसेनका ईन्द्रा भाट प्रथम स्थानमा रहेका जिल्ला खेलकुद बिकास समिती अछामका कार्यालय प्रमुख एंव प्रशिक्षक मिन बहादुर बुड्थापाले जानकारी दिनु भयो ।

achham sajha sabal

प्रतियोगितामा अब छात्र र तथा छात्रा भलिवल प्रतियोगिता मात्र बाकी रहेका छन । भोलि बिहान ८ बजे बाट भलिवल प्रतियोगिता सुरु गरि १२ बजे नै भब्य कार्यक्रमका बिच समापन गरिने उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो