२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विद्यालयले खेलकुद क्षेत्रको लगानिमा ध्यान दिनु पर्छ: जिशिअ बिष्ट

२०७२, २१ फाल्गुन शुक्रबार ०२:२०

jilla shixaकमल रावल/फागुन २१, अछाम । फागुन १८ गते देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको आठौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरिय प्रतियोगिताको एक कार्यक्रमका बिच समापन गरिएको छ ।

जिल्ला खेलकुद बिकास समिती अछामका अध्यक्ष छविराज ढुंगानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछामका जिल्ला शिक्षा अधिकारी झंकर बिष्ट प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती बिष्टले जिल्लाका सबै विद्यालयलाई आगामि दिनमा खेलकुद क्षेत्रमा बढी जोड दिन आग्रह गरेक थिए । अछाममा थुप्रै समस्याका बावुजुद पनि जिल्ला खेलकुद बिकास समिती भब्य रुपमा प्रतियोगिता सफल पार्न सफल भएकोमा धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

जिल्लामा भौगोलिक विकटता, आर्थिक अभाव लगाएतका कारण थुप्रै युवाको खेल बाहीर प्रस्फुटन हुन नसकाले आगामि दिनका सबै क्षेत्रको यस तर्फ चासो र ध्यान जानु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काग्रेसका सहदेव ढुंगाना, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, क्षेत्रिय खेलकुद बिकास समिती कोषाध्यक्ष हिरिण्ड भट्राई, जिल्ला खेलकुद महाँसघका अध्यक्ष बृख बोगटी, गणतान्त्रि खेलकुद महासघं अछामका अध्यक्ष लक्षीराम भाट, स्रोत ब्यक्ति तक्ष बहादुर शाह, शोडषा उमाविका प्रधानाध्यापक शिवराज जोशि, रेफ्रि बलेन्द्र शाह रहेका थिए ।

यस्तै जिल्ला खेलकुद विकास समिती कोषाध्यक्ष तपेन्द्र स्वार, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल, रेडियो जनप्रियका होम साउँद, रेडियो अछामका मेनुका ढुगाँना, जेसिज अछामका उपाध्यक्ष टिकेन्द्र, भण्डारी लगाएतका अथिती रहनु भएको थियो । प्रतियोगितामा सहभागि प्रथम, द्धितिय र तृतिय स्थान ओगट्न सफल खेलाडीलाई शिल्ड, कप, मेडल, प्रमाण र टिका ग्रहण गर्दै अथितीले आगामि दिनमा खेलाडीलाई अझै प्रगतिका लागि शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिती अछामका कार्यालय प्रमुख मिन बहादुर बड्थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा