2026-08-29 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडक्रस अछामको २३ औँ जिल्ला सभा मंगलसेनमा सम्पन्न

achham redcrossकमल रावल/फागुन २१, अछाम । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामको २३ औँ जिल्ला सभा मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्ला शाखा अछामका अध्यक्ष रत्न प्रसाद ढुँगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य बृकेश सिंह बोगटी प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती बोगटीले पानसमा बत्ती प्रज्वलन गरि सभाको उदघाटन गर्नु भएको थियो भने कार्यक्रममा सहभागि सबै अथिती तथा प्रतिनिधीले रेडक्रसका जन्मदाता जा हेनरी डयुनाको फोटोमा माल्यार्पण तथा टिका लगाएका थिए ।

कार्यक्रममा नेपालि काँग्रेसका जिल्ला कार्य समिती सदस्य चन्द्र प्रसाद ढुँगाना, नेकपा एमाले जिल्ला सचिवालय तथा प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, जिल्ला शिक्षा कार्यालय अछामका विद्यालय निरिक्षक हरिदत्त जोशि, जिल्ला खानेपानि कार्यालय प्रमुख खगेन्द्र प्रसाद रेग्मी, सबै पेशागत संगठनको तर्फ बाट नेपाल राष्टिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, बिकास साझेदार संस्थाको तर्फबाट सिडिप अछामका कार्यक्रम अधिकृत बम बहादुर खड्का, गैसस महासंघ अछामका उपाध्यक्ष जनक बटाला, शोडषा उच्च माविका प्राधानाध्यापक शिवराज जोशि लगाएतले शुभकामना मन्तव्य राख्दै मानव सेवामा निहित रहि रेडक्रसका ७ वटा सिद्धान्तलाई अघि सारेर रेडक्रस अघि बढिरहेकाले आगामि दिनमा पनि यसरी अघि बढीरहन शुभकामना दिएका थिए ।

देशमा नै विपद, स्वास्थ्य, सामुदायिक बिकास र रेडक्रसको प्रचार प्रसारका लागि निस्वार्थ भावनाका रेडक्रसले काम अघि बढाईरहेकाले पनि काम निकै स्रहानिय भएकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी अछामका जिल्लाका विभिन्न गाबिस तथा नगरपालिकाका वडामा १७ वटा उपशाखा, ८ सय ६० जना आजिवन सदस्य र ९ सय ९५ जना साधारण सदस्य रहेको बार्षिक प्रगति प्रतिबेदन कार्यबाहक मन्त्रि धुव्र कुमार शाहीले प्रस्तुत गर्नु भएको थियो ।

१५ लाख ८३ हजार ७ सय ६ बराबरको आयव्याय र २०७३।७४ का लागि अनुमानित १ करोड २९ लाख १० हजार बराबरको आर्थिक प्रतिबेदन कोषाध्यक्ष तरक बहादुर रावलले प्रस्तुत गर्नु भएको थियो । जिल्ला उपसभापति उदय राज ढुगाँनाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव हर्कराज शर्माले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो