३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य क्षेत्रमा अछाम देशकै दोस्रो स्थानमा

३ चैत्र २०७२, बुधबार १७:०७

achham news

कमल रावल । चैत ३, अछाम । अछाम जिल्ला स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो नम्बरमा परेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहका विभिन्न ३५ सुचकमा गरेको मूल्यांकनका आधारमा अछाम देशकै दोस्रो नम्बरमा परेको हो ।

स्वास्थ मन्त्रालयले आर्थिक वर्ष २०७१र७२ को अवस्थाबारे शुक्रबार गरेको समिक्षामा पाल्पा जिल्ला पहिलो स्थानमा परेको छ भने म्यादी तेस्रो स्थानमा । बाल स्वास्थ्य, खोपको पहुँच तथा पूर्ण खोप घोषणा, झाडापखाला तथा निमोनियाको जटिलतामा कमी, नियमित गर्भ परिक्षण, स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर वृद्धि लगायत आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता समयमै रिपोर्टिङ तथा सूचना व्यवस्थापन महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता लगायतका स्वास्थ्य सूचकका आधारमा मूल्यांकन गरिएको हो । उक्त सुचि सार्बजनिक भए पश्चात खुसि ब्यक्त गर्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले प्रथम स्थान हासिल गर्ने लक्ष्य भएतापनि थोरै कमजोरीहरु भएका कारण सो स्थान हासिल गर्न नसकिएको बताउनुभयो । अबको आफ्नो लक्ष्य भने जिल्लालाई प्रथम बनाउने रहने उहाँको भनाइ छ । सोही लक्ष्य अनुरुप आफूले आगामी दिनहरुमा काम गर्दै जाने बताउदै उहाँले यस अघि आठौ स्थानमा रहेको जिल्लालाई दोस्रो स्थान सम्म पुर्याउन सकिएको उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयमा आएको सुधार सँगै दोस्रो स्थान हासिल गरेपछि मन्त्रालयले एक समारोहका बीच पुरस्कृत समेत गरेको छ ।

जसका लागि जिल्ला अस्पताल प्रमुख डाक्टर बराल काठमान्डौ जानुभएको छ । अछाम दोस्रो नम्बरमा परेपछि आफु निकै खुसी भएको र आगामी दिनमा अझै मेहनतका साथ पहिलो नम्बरमा पर्ने गरि सेवा प्रवाहमा लाग्ने प्रमुख डाक्टर शरदचन्द्र बरालले बताउनु भयो । अछामले यी सूचकमा निकै प्रगति गरेको र मन्त्रालयको मूल्यांकनमा दोस्रो नम्बरमा परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले बताउनु भयो । जिल्ला भरका सबै स्वास्थ्यकर्मी तथा सरोकारवालाको साथ सहयोगले अछाममा स्वास्थ्य क्षेत्रमा प्रगति भैरहेको उहाँले बताउनुभयो । आगामी दिनमा अहिले हाँसिल गरेका उपलब्धिलाई स्थायित्व दिने गरि काम गरिने जनस्वास्थ्य निरिक्षक भपट ढुंगानाको भनाइ छ । “अन्य जिल्लाको अवस्था हेर्दा पहिले हाँसिल गरेका उपलब्धि पछि कायम नरहेको पाईएको छ“, ढुंगानाले भन्नुभयो “ हामी हालका उपलब्धिलाई कायम राख्दै अघि बढ्ने छौं ।“ अछाम जिल्ला २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भैसकेको छ भने हाल त्यसले निरन्तरता पाईरहेको छ । खुल्ला दिशामुक्त घोषणा मार्फ‌त झाडापखाला लगायतका सरुवाजन्य रोगमा न्यूनिकरण भएको देखिन्छ । हाल जिल्ला अस्पतालमा आकस्मिक प्रसुति सहितको सेवा संचालन छ भने ५४ वटा बर्थिङ सेन्टर मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने क्रम बढ्दो छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा हाल मातृ शिशु प्रतिक्षालय संचालन गरि गर्भवति तथा सुत्केरी महिलालाई सेवा दिईएको छ । हाल जिल्लामा ५८ प्रतिशत गर्भवतिले संस्थागत सुत्केरी गराएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । हालै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल स्वास्थ्य कार्यालय व्यवस्थापन तथा स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण काम गरेको भन्दै स्वास्थ्य सेवा पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान