2026-08-29 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्यको क्षेत्रमा अछाम देशकै नमुना जिल्लाः सचिव श्रेष्ठ

sahib shresthaकमल रावल/चैत ६, अछाम । स्वास्थ्य मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले स्वास्थ्यको क्षेत्रमा अछाम देशकै नमुना जिल्ला बनेको बताउनुभएको छ ।

अछाम जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न शुक्रबार अछाम पुग्नु भएका सचिव श्रेष्ठले स्वास्थ्य क्षेत्रको बिकासमा अछाम नमुनाकै रुपमा अगाडी बढिरहेको बताउनुभएको हो ।

बिषेशत बयलपाटा अस्पतालको निरीक्षणमा आउनु भएका सचिव श्रेष्ठले पत्रकार शिवराज खत्रीसँग बिषेश कुरा गर्दै अछाम दुर्गम जिल्ला भएर पनि स्वास्थ्य क्षेत्रमा देशभरमै उदाहरणीय बनेको बताउनुभयो । अछाम जस्तो जिल्ला देशभरमै दोस्रो जिल्ला हुनु भनेको निकै ठूलो उपलब्धि भएको बताउँदै सचिव श्रेष्ठले यसका लािग सबै अछामीलाई बधाईसमेत दिनुभयो ।

अछामको बयलपाटा अस्पताललाई सरकार र गैरसरकारी सस्थाको साझोदारीमा तथा गैरसरकारी सस्थाको मात्र व्यवस्थापनमा संचालन भएको देशकै नमुना अस्पताल रहेको बताउनुभयो ।

अस्पतालबाट उच्चस्तरको स्वास्थ्य सुविधा निशुल्क रुपमा पाउनु भनेको यस जिल्लाका नागरिकका लागि निकै सौभाग्यको कुरा भएको बताउँदै सचिव श्रेष्ठले निशुल्क स्वास्थ्य सेवा लामोसमय सम्म प्रदान गर्नका लागि मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न लागेको जानकारी समेत दिनुभयो ।

गरिव नागरिकले निशुल्क रुपमा उपचार पाउने र त्यसका लागि गरिब नागरिकको बिमाको प्रिमियम सरकारले तिर्ने व्यवस्था गर्न लागिएको बताउँदै सचिव श्रेष्ठले त्यसका लागि ऐन बताउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रम यसैबर्ष बाग्लुङ, धनगढी र इलामबाट सुरु गर्ने तयारी गरेको जानकारी दिँदै सचिव श्रेष्ठले यो बर्ष पूर्वाधारको काम सुरु हुने बताउनुभयो ।

अर्कोबाट स्वास्थ्य बिमा कार्याक्रमका लागि अछामलाई पनि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । सचवि श्रेष्ठले शुक्रबार अछामको जयगढ स्थित स्वास्थ्य चौकीको समेत निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो