2026-10-14 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा सत्याल

विजय थापा ,वाशिंगटन डिसी 
 
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सघको अध्यक्षमा अमेरिकाका अजय सत्याल निर्वाचित भएका छन् l आज अप्रिल १२ तारिखमा बसेको अन्तर्राष्ट्रिय नेपाली रक्त दाता संघको बैठकले सर्बसम्मती द्वारा सत्याललाई अध्यक्षमा चयन गरेको छ l
 
सन् २०१४ मा स्थापित इन्टर नेसनल नेपलिज बल्ड डोनर्सका संस्थापक समेत रहेका सत्याल बिगत ३२ बर्ष देखि अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका सत्यालले हाल सम्म १ सय ३४ पटक रक्तदान गरि सकेका छन् l
 
आईएनबिडि को उदेस्य विश्व भर छरिएर रहेका नेपाली समुदायमा नेपाली रक्तदाता बाट सहयोग गर्नुको साथै नेपाली समुदायलाई उत्प्रेरणा गर्दै नियमित रक्तदान गराउनु रहेको हो l
 
इन्टर नेसनल नेपलिज बल्ड डोनर्स गैर मुनाफा सामजिक संस्थाको रुपमा अमेरिकामा दर्ता भएको छ l नव निर्वाचित कार्यकारी समितिको अध्यक्षमा अमेरिकाका अजय सत्याल निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा क्रमस क्यानडाका गोबिन्द रावल,मिलन शर्मा युके तथा बिनोद मैनाली अस्ट्रेलिया निर्वाचित भएका छन् l
 
यसै गरि कोषाध्यक्षमा कतारका बिनोद भट्टराई ,नेपालका निरन्जन पौडेल महा सचिबमा तथा युकेका एवरेस्ट गौतम सूचना सचिब,तथा पोर्तुगलका गणेश पाण्डे सूचना संयोजकमा निर्वाचित भएका छन् l
 
कार्यकारी समितिको सदस्यहरुमा प्रशान्त उप्रेती ,फ्रान्स ,प्रकाश सापकोटा आयरल्याण्ड ,बिनिता रिमाल ,बेल्जियम ,नरेश मल्ल ,बहराइन ,उत्तम अधिकारी दुबई ,भोला लामिछाने स्पेन ,राहुल रेग्मी भारत ,कर्ण बहादुर अधिकारि मकाउ ,डा अमर देउजा ,दक्षिण अमेरिका तथा अमेरिकाका केदार तिमिल्सिना सर्बसम्मती बाट निर्वाचित भएका छन् l संस्थाका  निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनाली रहेका छन भने मैनाली संस्थापक अध्यक्ष पनि हुन् l
 
नव निर्वाचित सभापति अजय सत्यालले आफ्नो मन्तब्य राख्दै संस्था मानिसको जीवन बचाउन रक्त दाता संग काम गर्न प्रतिबद्ध हुनुको साथै संस्थाको अभियान अन्तर्गत विश्व भर फैलिएर रहेको गैर आवासीय नेपाली संघ संग मिलेर सहयात्रीको रुपमा काम गर्न चाहेको बताए l
 
र यसको लागि संसार भर फैलिएर रहेका संघ तथा संस्थालाई सहभागी हुन् र समर्थन गर्न आब्हान गर्दै सम्पूर्ण समर्पित सदस्यलाई धन्यवाद दिएका छन् l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश