२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भर्ना अभियानसँगै अछामका विद्यालयले विधार्थीसंग चर्को रकम असुले

८ बैशाख २०७३, बुधबार ०२:१३

कमल रावल/बैशाख ८, अछाम । सरकारले माध्यामीक तह सम्मको शिक्षा निशुल्क भने पनी भर्ना अभियान मै अछामका विद्यालयले विधार्थी संग चर्को रकम असुलेका छन ।

जिल्लाका अधिकांस विद्यालले भर्ना गर्दै अघिल्लो शैक्षि सत्रको विद्यालय शुल्क र यस बर्षको भर्ना शुल्क बापत चर्को रकम असुलेका हुन । भर्ना अभियान चलिरहेकै दिन बाट जिल्लाका प्रथामिक ,निम्न माध्यामिक र माध्यामीक विद्यालयले भर्ना हुन गएका विधार्थी बाट धमाधम रकम अशुलेका छन । कुनै पनि शुल्क नलीने भन्दै अनिवार्य निशुल्क शिक्षा घोषणा गरिएका गाविसका विद्यालयले समेत चर्को सुल्क अशुलेका छन ।

जिल्लाका अधिक विद्यालयले भर्ना सुल्क मात्र नभई अन्य शुल्क समेत लिने गरेका छन । अनिवार्य निशुल्क शिक्षा गोषण भएका जिल्लाका २२ बढी गाविसका विद्यालयले घुमाउरो तरीका बाट खेलकुद सुल्क, अभिभावक सुल्क, कम्पीयूटर सुल्क, थप कक्षा संचालन लगाएतका अन्य शुल्क लिने गरेको जिल्लाको दुर्गम गाविस सुतारका डम्बर भण्डारीले बताए ।

स्थानिय विद्यालय शुल्क विना चल्न सक्दैन हामिले वाल विकास र कक्षा एक मा भर्ना हुने वाल वालिकाको शुल्क लिएका छैनौ त्यस वाहेक सवै तहको शुल्क तोकेर लिईरहेका छौ आफ्नो र आफनो विद्यालयको नाम नखुलाउने सर्तमा एक शिक्षक ले बताए । आफनो गाउ घर नजिककै रहेका विद्यालयले चर्को सुल्क लिएर भर्ना गर्न थाले पछी ग्रामिण भेगका गरिव, असहाय, परिवारका बाल बालीका विद्यालय शिक्षा बाट बाहीरिने सम्भावना वढेको छ ।

जिल्ला शिक्षा कार्यालय अछामले भने आफनो कार्यलयले जिल्लाका प्राथामिक देखी माध्यामिक तहका सवै विद्यालयमा कुनै किसमको शल्क नलिन पत्राचार गरीएको र त्यस्तो कुनै पनी खालको शुल्क लिएको पाईएमा कारवाही गरीने भनी निर्देशन दिएको वताईएको छ ।

समुदायमा संचालन भएका विद्यालयले कुनै पनी प्रकारको शुल्क विद्यालयमा नलीने गरी जिल्ला शिक्षा कार्यालयमा आफनो प्रतिवद्धता पत्र पस गरेकाले समुदायमा संचालित विद्यालयले समेत कुने खालको सुलक लिएका नियमा अनुसार कारवाही गरीने अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर विष्टले बताए ।

अछाम जिल्लामा ६१ वटा मावि, ७० वटा निमावी र ३ सय ३० वटा प्रावि विद्यालय रहेका छन भने ३२ वटा उच्च मावी दिद्यालय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग