2026-10-14 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ओलिगाउमा ९ औँ संस्करणको क्रिकेट प्रतियोगिता आगामि बैशाख १७ गते बाट हुदै

कमल रावल/ बैशाख १२ अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि हुने जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको ९ औँ संस्करण आगामि बैशाख १७ गते बाट सुरु हुने भएको छ । ९ औँ संस्करणको प्रतियोगिता जिल्लामै सबै भन्दा ठुलो धनराशिको प्रतियोगितामा हुने भएको छ । जसमा यसपालिको प्रतियोगितामा प्रथम पुरुस्कार ३५ हजार धनराशि बनाईएको छ ।

यस वर्षको प्रतियोगिता मंगला विकास क्लब ओलिगाउको आयोजना र जिल्ला युवा संञ्जाल अछामको सह आयोजनामा हुने भएको छ । गत वर्ष पनि अछाममै ठुलो धनराशि ३० हजार गरिएको र यस वर्ष त्यो भन्दा बढी धनराशि बढाएर ३५ हजार बनाईएको आयोजक मंगला विकास क्लब ओलिगाउका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । प्रतियोगिता बर्षेनि भव्य रुपमा हुदै आएकाले यस वर्ष पनि त्यसै अनुरुप सबै तयारीलाई अघि बढाईएको बताउनु भयो ।

जिल्लाको भौगोलिकता र मैदानको अभावले गर्दा यो वर्ष पनि ओलिगाउमा टेनिस बलद्धारा नै खेल खेलाईने भएको छ । यति बेला सबै क्लबका पदाधिकारी, सदस्य र खेलाडी सदस्य मैदान ब्यावस्थापन लगाएतको काममा लागि परेका खेलाडी केशर रावलले बताए । यस वर्षको प्रतियोगिताका लागि मुख्य प्रायोजकका रुपमा भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुस्प किराना पसल र जनज्योति वोडिग स्कुल ओलिगाउ अछाम रहेका प्रतियोगिताको सह आयोजक जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावलले बताउनु भयो ।

साथै प्रतियोगिता सफल पार्नका लागि वैदेशिक रोजगारको शिलशिलमा विदेश गएका ओलिगाउकै युवा रमेश रावल, रतन रावल, राम रावल, टँक रावल र भरत रावलले समेत सहयोग गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश