2026-10-14 04:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विदेशमा काम गर्न गएर पनि आफनो गाउको क्रिकेट लाई भुलेनन् ओलिगाउका युवाले

1 Ratan Rawalकमल रावल/ बैशाख १४ अछाम । ओलिगाउका ५ जना युवाले आफनो गाँउको जिल्ला स्तरिय क्रिकेट प्रतियोगितालाई सफल पार्नका लागि विदेश बाट नै सहयोगि हात अघि बढाएका छन । यहि बैशाख १७ गते आफनो गाउमा जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुदैछ भन्ने खबर पाएपछि बिदेशबाट सहयोग रकम क्लबलाई पठाएका छन ।

विगतको लामो समय देखि आयोजक क्लब मंगला विकास क्लब ओलिगाउको तर्फबााट खेल खेलका उनिहरुले आफनो तर्फ एकमुष्ट १७ हजार रुपैया क्लबलाई सहयोग स्वरुप पठाएका छन । मगलसेन नगरपालिका वडा नम्बर ९ घर भई हाल दक्षिण कोरिया रहेका रतन रावल, राम रावल, सयुक्त अरब ईमिरेट्स साउदी रहेका टँक रावल, रमेश रावल र दुवईमा रहेका भरत रावलले यो सहयोग बैक खाता मार्फत नै रकम पठाएका छन ।

2 Ram rawal
२०६१ सालमा क्लबले पहिलो जिल्ला स्तरिय प्रतियोगिता गर्दा २६ सयको धनराशि हुदा ठुला उत्सुकता थियो भन्दै अहिले ९ औँ मा ३५ हजार राशिको प्रतियोगिता गर्दा आफुहरुलाई खुशि लागेकाले रकम पठाएका उनिहरुले बताएका छन । लामो सघर्ष गरि सोही क्लबले आफुहरुलाई क्रिकेट खेल्न सिकाएकाले क्रिकेट क्षेत्रको विकासका लागि आर्थिक रुपमा केहि सहयोग मिलोस भनेर आफुले सहयोग गरेका कोरियाका रतन रावलले बताएका छन । आगामि दिनमा ओलिगाउमा हुने खेलकुद, सामाजिक लगाएत जुनसुकै क्षेत्रमा युवाहरुले काम गरेपनि आफनो तर्फ हरकदम सहयोग गर्न तत्पर रहेको उहाँले बताउनु भयो ।

3 Ramesh rawalयस वर्षको ९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता मंगला विकास क्लब ओलिगाउ र जिल्ला युवा संञ्जाल अछामको सयुक्त आयोजनामा बैशाख १७ गते सुरु हुन लागेको छ । अछाम जिल्लामा प्रतियोगितालाई सफल पार्नका लागि प्रायोजक भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुस्प किराना पसल, अनुस्का किराना पसल र जनज्योति वोडिग स्कुल ओलिगाउ अछाम रहेका छन । भने जिल्ला स्थित सबै छापा तथा ईलेक्ट्रोनिक्स सञ्चार माध्याम मिडिया पार्टनर रहेका छन ।

4 Tanka Rawal

5 bharat rawal

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश