2026-08-29 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

कमल रावल, बैशाख १६, अछाम । भोलि बाट जिल्लाको ओलिगाउमा सुरु हुन लागेको जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । खेल हुने मैदान जिल्लाको तोल्यानमा बिहान ११ बजे एक भब्य कार्यक्रमका उदघाटन गरिने भएको छ ।

cricket1

 

तियोगिताका लागि मञ्च ब्यावस्थापन, मैदानको निर्माण कार्य सबै सम्पन्न भईसकेको आयोजकले जनाएको छ । ओलिगाउमा हुने बर्षेनि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको ९ औँ संस्करणको प्रतियोगिताको पुर्व सभासद शेर बहादुर कुवरले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक मंगला विकास ओलिगाउका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । विगतका वर्ष भन्दा यस वर्ष जिल्लाकै ठुलो धनराशिको भएकाले यो प्रतियोगितालाई यसपालि निकै चर्चाका रुपमा हेरिएको छ ।

यसपालिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार सहित प्रमाणपत्र हात पार्ने भएको छ । टेनिस बलद्धारा खेलाईने प्रतियोगितामा यसपालि पनि विगतका बर्षहरु झै जिल्लाका १६ भन्दा बढी टिमले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा प्रत्येक खेलमा राम्रो खेल्ने खेलाडीलाई म्यान अफ द म्याच र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज उपाधि बाट सम्मानित गरिने भएको छ । यसपालि प्रतियोगितालाई सभ्य अनि भब्य बनाउनका लागि ओलिगाउका विदेशमा रहेका ५ जना युवाले पनि आर्थिक सहयोग गरेका छन ।

cricket2

दक्षिण कोरियामा रहेका रतन रावल, राम रावल, साउदीमा रहेका रमेश रावल, टँक रावल र भरत रावलले १७ हजार आर्थिक सहयोग गरेका छन । यता अछाममा रहेको भुवन स्टेशनरि स्टोर लगाएत थुप्रै स्टेशनरि, पसल, विद्यालय लगाएतले प्रायोजक गरिरहेका छन भने जिल्लाका छापा तथा ईलेक्ट्रोनिक सञ्चार माध्यामले मिडीया पार्टनरको भुमिका निर्वाह गरिरहेका प्रतियोगिताका प्रचार प्रसार संयोजक तथा जिल्ला युवा सञ्जाल अछामका सचिव कमल रावलले बताउनु भयो । यसपालिको प्रतियोगिता मंगला बिकास क्लब ओलिगाउ र जिल्ला युवा संञ्जाल अछामको सयुक्त आयोजनामा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो