४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा द्वन्द्वकालीन घटनासम्बन्धी ८९ उजुरी परे

२७ बैशाख २०७३, सोमबार ०४:०४

कमल रावल/बैशाख २७, अछाम । स्थानीय शान्ति समिति अछाममा हालसम्म द्वन्द्वकालका घटनासँग सम्बन्धित ८९ वटा उजुरी परेका छन् ।

समितिमा वैशाख २ गतेदेखि २५ गतेसम्मको तथ्यांक हेर्दा ७९ वटा सत्य निरुपण र १० वटा बेपत्ता छानबिन सम्बन्धी उजुरी परेको स्थानीय शान्ति समिति अछामका सचिव अनिल बिष्टले जानकारी दिए । उनका अनुसार वैशाख २ गतेदेखि बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता छानबिन आयोग अन्तर्गतको उजुरी लिन सुरु गरिएको थियो भने वैशाख ५ देखि सत्य निरुपण सम्बन्धी उजुरी लिन सुरु गरिएको थियो ।

विगत द्वन्द्वकालमा भएको क्षती र स्थानिय शान्ति समितिमा राहतका लागि यसअगि परेका निवेदनलाई आधार मान्ने हो भने अछाममा १० हजार बढी उजुरी पर्न सक्ने बिष्टको भनाई छ । सत्य निरुपण अन्तर्गत व्यक्तिगत तथा सार्वजनिक सम्पति क्षति, विस्थापित, अंगभंग, बलात्कार तथा यौनजन्य हिंसा, अपहरण, कुटपिट, यातनालगायतका विषयसँग सम्वन्धित उजुरीहरु लिईने उनको भनाई छ ।

यस्तै विगतमा राहत पाएका तर त्यसमाथि पनि चित्त नबुझेकाहरुले पनि उजुरी गर्न पाउने निर्दे्शिका रहेको उनले बताए । द्वन्द्वकालसँग सम्बन्धित उजुरी आगामी असार २ गतेसम्म लिन सकिने स्थानिय शान्ति समिति अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते