2026-08-29 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल पर्यटन पत्रकार संघ अछामको अध्यक्षमा शाही

कमल रावल/भदौ १६, अछाम । अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ । 

अछाममा सक्रिय पत्रकारिता गरिरहेका पत्रकाहरुको शुक्रबार भएको भेलाले नरेश शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्ष ललित कुमार केसी, महिला उपाध्यक्ष भारती नेपाली, सचिव शिवराज ढुगाना, खुल्ला सह–सचिव रमेश रावत, महिला सह–सचिव सिता ठकुल्ला, कोषाध्यक्ष कल्पना वोहरा रहेका छन् । 

यस्तै सदस्यमा ८ जनालाई चयन गरेको छ । यस्तै भेलाले अछामका दशवटै स्थानीय तह, अछाम उद्योग वाणिज्य संघ, वैद्यनाथ क्षेत्र विकास संस्था, अछाम सार्वजनिक यातायात समिति, तितौडा पर्यटन विकास समिति समेटेर सल्लाहकार समिति गठन गरेको छ । 

अछाम जिल्लामा रहेका पर्यटकीय स्थल खप्तड, रामारोशन, वैद्यनाथ क्षेत्र, विनायक–पञ्चदेवल तितौडा क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्य रहेको अध्यक्ष शाहीले बताउनु भयो । यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, एवम् मानव निर्मित सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै अछामलाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्य रहेको शाहीले बताउनु भयो । 

उहाँले अछाममा पर्यटन क्षेत्रमा क्रियाशिल संघ संस्थासँग समन्वय गरेर अघि बढ्ने पनि बताउनु भयो । प्रचार प्रसारको अभावमा रहेका पर्यटकीय स्थलको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म प्रचार प्रसार गर्ने वरिष्ठ उपाध्यक्ष ललित कुमार केसीले बताउनु भयो । 

उहाँले पर्यटकीय क्षेत्रको माध्यम बाट आय आर्जनसँगै स्वरोजगार बनाउने उद्देश्य रहेको पनि बताउनु भयो । पर्यटन व्यवसायबाट प्रत्यक्ष लाभ पाउने निजी क्षेत्र, व्यवसायीहरूसँग छलफल गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु