2026-10-14 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममै पहिलोपटक बयालपाटा अस्पतालमा हड्डीको सफल प्रत्यारोपण

पूर्णबहादुर खड्का/भदौ २८, बयालपाटा । डोटी जिल्लाको दिपायल सिलगुढी नगरपालिका वडा नम्बर १ कि ४० बर्षकी कृष्णा बिस्टको ५ बर्ष अघि लडेर दाहिने खुट्टाको हड्डी भाचियो । 

 कृष्णा बिष्टको ५ बर्ष अघि भाँचिएको दाहिने खुट्टा । 

आर्थिक अवस्था कम्जोर भएकी कृष्णालाई खुट्टा भाँचिएपछि उपचार गर्न समस्याले पिरोल्यो । पछि जसो तसो गरेर पैसा जम्मा गरी उपचार गर्न उनि धनगढी गईन, धनगढी गएपछि उनको अत्तरियामा सल्यक्रिया पनि भयो । 

सल्यक्रिया हुदाँ करिब १ लाखको हारा हारीमा पैसा खर्च पनि भयो । तर ५ बर्षसम्म हड्डी राम्रोसंग जोडियन, उहालाई हिड्न पनि धेरै गार्हो हुन थाल्यो, दाहिने खुट्टा बांगे भएर दुखाई पनि बढ्न थाल्यो, यस्तो सम्सयाले उनलाई सधैँ पिरोलिरह्यो । केही समय अगाडी बयालपाता अस्पतालमा हाडजोर्नीको सेवा निशुल्क हुन्छ भन्ने समाचार प्रकाशित भएको उनले सुनेर उनि भाद्र २६ गते बयालपाटा अस्पताल पुगिन ।

उनलाई सल्यक्रिया गर्नु पर्ने भएकाले अस्पतालले २६ गते नै भर्ना गर्यो । भर्ना भएको एक दिन पछि उनको सल्यक्रियाको गरियो । सफल सल्यक्रिया भएपछि उनले भनिन् यस्तो निशुल्क सेवा मैले नजिकै छिमेकी जिल्लामा पाएको भन्दै खुशी व्यक्त गरिन् । 

उनको सफल सल्यक्रिया गर्न बयालपाटा अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. मन्दीप पाठक नेतृत्वको टोली सहभागी भएको थियो । उनको शरीरको अन्य भागबाट हड्डी झिकी भाचिएको ठाउँमा प्रत्यारोपण गरिएको हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले बताउनु भयो । 

यस्तो खालको सल्यक्रिया बयालपाटा अस्पतालमा पहिलो पटक भएको चिकित्सा सेवा तथा शिक्षाका निर्देशक डा. विकास गौचनले बताउनु भयो । उहाकाँ अनुसार कृष्णाको सल्यक्रिया गर्दै गर्दा जटिल अबस्थाको गर्भवती पनि आएको कारण उहाको पनि अर्को 


सफल अप्रेशन भएपछिको खुट्टा । 

अस्थाई अपरेशन कक्ष बनाई सल्यक्रिया गरि आमा र बच्चाको ज्यान पनि बचाउन सफल भयो । 

यस्तो एकैसाथमा दुईवटा अप्रेशन बिरलै मात्रामा हुने गरेको पाईन्छ । जटिल खालका  दुईवटा महत्वपूर्ण अप्रेशन एकैपटक भएको पनि बयालपाटा अस्पतालमा यो पहिलो पटक भएको अस्पतालले जनाएको छ । सल्यक्रिया गर्नमा अस्पतालका डा. विकास गौचन, डा. पवन अग्रवालका साथै उदय छेत्री, नर्सहरु राजेश्वरी चौधरी र कन्चन चौधरी लगायतको टिम रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम