2026-09-02 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह मण्डपले सजिएको घर किरियाक्रमको कुनो बन्यो

प्रेम सुनार/असोज ७, गुल्मी  ।  हिजो मात्रै छोराका लागि केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।

५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये पर्सी असौज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिचम तयारीका लागि भ्याई नभ्याई थियो । बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डारी दम्पत्ती  सुनौली जाँदै थिए । विहानै घरबाट विहेकै तयारीबारे श्रीमति राधिका संग कुराकानी गर्दै ति दम्पत्री शिद्धवाव सम्म आएका थिए ।

२४ वर्षिय छोराको विहे त्यो घरमा पहिलो भएकोले पनि  धुमधामका साथ गर्ने तयारी थियो । उनका छिमेकी तारा राना भन्छन–‘ हिजो मात्रै तिलकराम दाईले मलाई फोन गरेर खैरेनीतिर केटी माग्न जाँदै छु कुरा मिल्यो भने पर्सी लगन निस्केको छ रमाईलो गरौला है भाई भनेर भन्नु भएको थियो । उहाँको बाजै बजाएर छोराको विहे गर्ने रहर थियो । 

नभन्दै केटी दिए छन र पर्सी विहे गर्ने भएर आज विहान उनिहरु बुढा बुढी  सुनौली कपडा किन्न गएका हुन् । अर्का मृतक वलेटक्सारका आफ्नै मारुती कार चालक   २४ वर्षिय यमबहादुर ज्ञवाली पनि अविवाहित नै थिए । भण्डारी परिवारको विहेको व्यवस्थापन  सघाउन उनिले आफ्नो गाडी प्रयोग गरेर यता सुनौली तर्फ आएको स्थानियले बताए । पर्सी उनै वेहुला भण्डारीलाई सजाएर जन्ती जानु पर्ने लु १च ७९९४ नम्बरको मारूती कार शिद्धवावको  पहिरोमा पुरिएर क्षतविच्छेद भएको छ ।

मृतक दुवै जना रुरु गाउँपालिकावासी भएकोले त्यहाँका वासीन्दा शोकाकुल भएका छन् । घर आँगन सजाउन घरमा छोरा छोरीलाई अराउँदै हिडेका भण्डारी दम्पत्तीको मनमस्तीस्कमा छोराको विहे नै थियो ।

यस अघि पनि थुप्रैको आलो सपना चुँडेको वुटवल तानसेन सडकले शिद्धवाव सम्म सजाउँदै आएको भण्डारी दम्पत्तीको सपना पनि चटक्कै चुडी दियो । मृतक भण्डारी  आफु यो संसारबाट विदा भए पनि कोखमा बसेकी  श्रीमति राधिकालाई भने कुर्नै दिन छोराको विहे गराउन यो संसारमा राखी दिएका छन् ।

अर्थात समान्य घाईते भएकी श्रीमति भण्डारी चिन्तामुक्त रहेको लुम्विनी अञ्चल अस्पातलमा रहेका उनका छिमेकीले बताएका छन्  । उता वेहुली सजिन थालेकी खैरेनीकी एक चेली र उनका आफन्तजन भावविह्ल भएको बताईएको छ ।

यता वेहुला र उनका भाई वहिनीहरुलाई विहान अवेर सम्म थाह नदिए पनि सञ्चार माध्यममा आए पछि छिमेकीले उनिहरुलाई धौसम्हाल्नु भई रहेको बताईएको छ । सोही पहिरोले भण्डारी र ज्ञवाली संगै पाल्पाबाट सवार ना ३ ख ६१९२ नम्बरको ट्रक चालक पाल्पा तिनाउ गाउँपालिकाका माधव रानाको सपना पनि चुँडेको छ ।

२ जना सामान्य घाईते भएका छन, उनिहरुको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहेको छ भने अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा बाग्लुङ्ग लगाएतका स्थानमा जाने र बिभिन्न स्थानबाट बुटवल आउने सयौं सवारी साधन रोकिएका छन् ।

चाडवाड मनाउने क्रममा बडा दशैंको अवसरका घर फर्कनेहरुको भिड भएकाले हजारौं यात्रु पनि अलपत्र अवस्थामा रहेका छन । शिद्धवावा तर्फ प्रवेश गर्न साथ माथीबाट ढुङ्गा र पहिरो खसी रहने हुँदा यात्रुहरुले  रामराम भन्नु शिवाय अर्को विकल्प छैन् । यो सडक खण्डको अर्को विकल्प नखोजे सम्म अरु सयौंको सपना चुँड्दै जाने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली