२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम प्रशासनद्वारा भाडादरको छड्के अनुगमन

२०७४, १० आश्विन मंगलवार ०६:२४

असोज १०, अछाम । अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए÷नभएको बारे छड्के अनुगमन कार्य शुरु गरेको छ । 

दशैँ तिहारलाई मध्यनजर गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे/नगरेको बारे छड्के अनुगमन शुरु गरिएको हो । 

मंगलसेन, जयगढ, साँफेबगर सडकखण्डमा सञ्चालन हुने जिप तथा बसले भाडादर कार्यान्वयन गरे÷नगरेको र नियमानुसार यातायात सञ्चालन गरे÷नगरेको बारे निगरानी गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा बाटोमा भेटिएका यातायातका साधन जिप तथा बस सञ्चालक र त्यसमा सवार यात्रुलाई सोधपुछ गरिएको बताइएको छ । 

अनुगमनका क्रममा केही यात्रुले आफूहरु साँफे, जयगढ मंगलसेनखण्डमा पुरानै भाडा तिरिरहेको बताएका प्रजिअ चौधरीले जानकारी दिनुभयो । 

यस्तै, यातायात सञ्चालक र सवारी चालकलाई पनि साँफे —मंगलसेनको रु १६० र साँफे–जयगढ तथा जयगढ–मंगलसेनको रु ८० निर्धारण गरिएकाले सो भाडादरमै यात्रुलाई सेवा दिन निर्देशन गरिएको उहाँको भनाइ छ । 

सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको र त्यसो गरेको गुनासो आए तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ । 

यात्रुलाई पनि सवारी चालक र सञ्चालकले निर्धारित भाडादरभन्दा बढी लिएमा र क्षमताभन्दा बढी यात्रु बोकेमा प्रहरीको १०० नंमा फोन गरी जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, अछामले तीनवटै सुरक्षा निकाय र यातायात व्यवसायीको सहभागितामा अछामका सबै क्षेत्रमा सञ्चालन हुने बस तथा जिपको भाडादर रु २० देखि १०० सम्म घटाएर नयाँ भाडादर निर्धारण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी