2026-10-14 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा दशैँ तिहारलाई मध्येनजर गर्दै शान्ति सुरक्षाको बिशेष प्रबन्ध

कमल रावल | असोज ११, अछाम | अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले दशैँ तिहारलाई मध्येनजर गर्दै शान्ति सुरक्षाको बिशेष प्रबन्ध अछाम जिल्लामा मिलाईएको बताउनुभएको छ । 

नेपालीहरुको महान पर्वलाई खलल नपुगोस भनी शान्ति पुर्ण रुपमा सुरक्षा योजना तयार रहेको बताउनु भयो । दशैँ तिहारलाई शान्ति रुपमा सदभाव पुर्ण बनाउनका लागि सुरक्षा निकायका सबै पक्षसँग समन्वय रहेको जानकारी दिनुभयो । रेडीयो रामारोशनको दशैँ अन्तर्गत रामारोशन बिशेषमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी चौधरीले आफु आएको १ महीना बित्न लाग्दा जिल्लामा बजार अनुगमनको कार्य, यातायातका साधनका भाडादर कार्यान्वयनमा बिशेष जोड दिईएको बताउनु भयो । जिल्लाका सरोकारवाला तथा यातायात ब्यावसायिका बिचमा कार्यान्वयनको भाडादर ८० प्रतिशत लागु भएपनी अझै २० प्रतिशत कार्यान्वय हुन नसेककाले जिल्ला प्रहरी कार्यालय अन्तर्गतका तल्लो स्तरका ईलाका प्रहरी कार्यालयलाई कडाईका साथ अनुगमन गर्न आग्रह गरेका थिए । 

अछामका मुख्य व्यापारिक केन्द्र देखि स्थानिय बजारमा पन्ध्र/पन्ध्र दिनको फरकमा आफनो अभियान नै बजार अनुगमन गर्ने भएकाले सबै राजनितिक दल तथा जनप्रतिनिधीलाई साथ सहयोग गर्न आग्रह गरेका थिए । उपभोक्तालाई ठग्ने ब्यापारिलाई आगामि दिनमा कानुनी कारबाही सहीत योजना सहीत प्रशासन अघि बढ्ने बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुगानाले चाडपर्वका बेलामा सबैलाई आफनो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन । दशैँमा बिशेष गरि चिल्लो खानेकुरा, मासु बढी हुने भएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । दशैँ तिहारमा बिशेष गरि दिर्घरोगिका बिरामीले खानपिनमा ध्यान दिनुपर्ने भएकाले यसमा घरपरिवारले समेत सहयोग गर्नुपर्नेमा ढुंगानाको जोड रहेको थियो । 

दशैमा बासि खानेकुरा बढी हुने र बजारमा पाईने जँग फुड समेत प्रयोग नगर्न उहाँको आग्रह रहेको थियो । सो कार्यक्रममा बोल्दै ब्रह्म कुमारी ईश्वरी विद्यालय अछामका प्रमुख सञ्चालीका कविताले दशैँको महत्व छुट्टै रहेकाले हिन्दु धर्मावलम्बीले आपसि भाईचारको रुपमा मनाउनुपर्ने बताउनुभयो । देविदेवता बलि चढाएर मात्र खुशि नहुने भएकाले मन शान्ति सहीत सफा हृदयले दशैँ मनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव