२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्लामा पहिलो पटक जातीय विभेदको मुद्दा दर्ता

७ माघ २०७२, बिहीबार १३:००

दान बहादुर बुढा । माघ ७, मुगु । जिल्लामा पहिलो पटक जातीय विभेद तथा छुवाछुत सम्बन्धि मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले चालु आर्र्थिक वर्षको पहिलो चौमासिकको प्रतिवेदन सार्वजनिक गर्दै जिल्लाको ईतिहासमा नै पहिलो पटक जातीय छुवाछुत सम्बन्धि मुद्दा दर्ता भएको हो ।

गएको पौष १४ गते जिल्लाको उत्तरी सोरु भेगमा पर्ने फोतु गाविस निवासी ३२ वर्षीया सोवी नेपालीलाई सोही गाविसका गैर दलितका युवाहरुले सार्वजनिक स्थानमा हातपात र गाली गलौज गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएको जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जातीय विभेद विरुद्धको मुद्दाका आरोपी मंगल शाही,वृषबहादुर शाही, गणेशबहादुर शाही लगायत सात जना युवाहरु भने फरार रहेका र उनिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोम थापाले बताए ।

प्रहरीको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा जर्बजस्ती करणी तीन वटा दर्ता भएका र ति मध्य एक जनालाई वर्दिया कारागार चलान गरिएको र दुई जना अभियुक्तलाई पक्राउ गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लामा दुईवटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका र अभियुक्तलाई सुर्खेत कारागार र बर्दिया कारागारमा चलान गरिएको छ । दुईवटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन त्यस्तै केही सार्वजनिक अपराधका मुद्दा दर्ता भए पनि अपराधी फरार रहेको प्रहरीको भनाई छ । विगतमा कुनै पनि मुद्दाका विषयमा जिल्ला देखि केन्द्रीय तहबाट दवाव आउने गरे पनि पछिल्ला समयमा दवाब कम हुँदै गएको प्रहरीको भनाई छ ।

पहिले प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न दवाव दिने र पछि रुपैयाँ लेनदेन गरी मिल्न खोज्दा प्रहरी अप्ठ्यारोमा पर्ने गरेको पछिल्लो समयमा राजनितीक दल समुदाय स्तरमा नियमित अन्र्तर क्रिया , जनचेतनात्मक क्रिया क्लाप सञ्चालन गरे पछि अपराधिक क्रिया क्लाप नियन्त्रण गर्न प्रहरीलाई केहि सहज भएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।जिल्लामा कारागारको भवन नहुदा कैदीहरुलाई बाहीरीय जिल्ला कारागारामा चलानी गनु परेको छ कैदी चलानी गदा राज्यको खर्च बढीहुने समेत थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता