२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्लामा पहिलो पटक जातीय विभेदको मुद्दा दर्ता

२०७२, ७ माघ बिहीबार १३:००

दान बहादुर बुढा । माघ ७, मुगु । जिल्लामा पहिलो पटक जातीय विभेद तथा छुवाछुत सम्बन्धि मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले चालु आर्र्थिक वर्षको पहिलो चौमासिकको प्रतिवेदन सार्वजनिक गर्दै जिल्लाको ईतिहासमा नै पहिलो पटक जातीय छुवाछुत सम्बन्धि मुद्दा दर्ता भएको हो ।

गएको पौष १४ गते जिल्लाको उत्तरी सोरु भेगमा पर्ने फोतु गाविस निवासी ३२ वर्षीया सोवी नेपालीलाई सोही गाविसका गैर दलितका युवाहरुले सार्वजनिक स्थानमा हातपात र गाली गलौज गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएको जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जातीय विभेद विरुद्धको मुद्दाका आरोपी मंगल शाही,वृषबहादुर शाही, गणेशबहादुर शाही लगायत सात जना युवाहरु भने फरार रहेका र उनिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोम थापाले बताए ।

प्रहरीको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा जर्बजस्ती करणी तीन वटा दर्ता भएका र ति मध्य एक जनालाई वर्दिया कारागार चलान गरिएको र दुई जना अभियुक्तलाई पक्राउ गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लामा दुईवटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका र अभियुक्तलाई सुर्खेत कारागार र बर्दिया कारागारमा चलान गरिएको छ । दुईवटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन त्यस्तै केही सार्वजनिक अपराधका मुद्दा दर्ता भए पनि अपराधी फरार रहेको प्रहरीको भनाई छ । विगतमा कुनै पनि मुद्दाका विषयमा जिल्ला देखि केन्द्रीय तहबाट दवाव आउने गरे पनि पछिल्ला समयमा दवाब कम हुँदै गएको प्रहरीको भनाई छ ।

पहिले प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न दवाव दिने र पछि रुपैयाँ लेनदेन गरी मिल्न खोज्दा प्रहरी अप्ठ्यारोमा पर्ने गरेको पछिल्लो समयमा राजनितीक दल समुदाय स्तरमा नियमित अन्र्तर क्रिया , जनचेतनात्मक क्रिया क्लाप सञ्चालन गरे पछि अपराधिक क्रिया क्लाप नियन्त्रण गर्न प्रहरीलाई केहि सहज भएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।जिल्लामा कारागारको भवन नहुदा कैदीहरुलाई बाहीरीय जिल्ला कारागारामा चलानी गनु परेको छ कैदी चलानी गदा राज्यको खर्च बढीहुने समेत थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी