Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कालिकोट - KLK

पूर्व योजना तर्जुमा गोष्ठी सदरमुकाम मान्ममा संचालन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २७, कालिकोट । जिल्ला विकास समिति कालिकोटले आर्थिक वर्ष २०७३।०७४ लागि पूर्व योजना तर्जुमा गोष्ठी आज जिल्ला सदरमुकाम मान्ममा संचालन गरेको छ । नेपालको संविधान २०७२ घोषणा पछि संविधानमा स्थानीय निकाय संचालनका लागि निर्धारण मार्ग दर्शन र जिल्ला स्तरीय कार्य संचालन मार्ग दर्शन माथिको छलफलबारे एक दिने पूर्व योजना तर्जुमा गोष्ठी जिविसले संचालन गरेको हो ।

kalikot
स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता र जिल्ला सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा संचालित गोष्ठीमा योजना तर्जुमा लागि केन्द्र तथा जिल्ला स्तरमा तयार पारिएको मार्ग दर्शनबारे छलफल गर्दै स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १९५, नियमावली २०५६ को नियम १९९ र स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि २०६९ को दफा २० को उपदफा ५ संग सम्बन्धित सहभागितात्मक योजना तर्जुमा प्रक्रियाका १४ चरणहरु पारित गरेको छ ।

पारित गरिएको १४ चरणहरुमा बस्तीस्तरको योजना छनौट पौष १० गते भित्र, वडा ससमितिको बैठक पौष १२ गते भित्र, गाविस स्तरिय बैठक पौष १६ गते भित्र, गाउ परिषद पौष १८ गते भित्र, इलाका स्तरिय बैठक माघ १० भित्र, विषयगत योजना तर्जुमा समितिको बैठक माघ १६ देखि माघ २१ गते भित्र, एकिकृत योजना तर्जुमा समितिको बैठक माघ २६ देखि २९ गते भित्र, जिविस बोर्ड बैठक फागुन ५ गते भित्र, सम्पन्न गरी फागुन १४ गते भित्र जिल्ला परिषद सम्पन्न गरिसक्ने साथै जिल्ला विकास योजना कार्यान्वय फागुन २० भित्र गरिसक्ने निर्णयहरु पारित गरिएको छ ।