२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्व योजना तर्जुमा गोष्ठी सदरमुकाम मान्ममा संचालन

२७ मंसिर २०७२, आईतवार १३:३५

मंसिर २७, कालिकोट । जिल्ला विकास समिति कालिकोटले आर्थिक वर्ष २०७३।०७४ लागि पूर्व योजना तर्जुमा गोष्ठी आज जिल्ला सदरमुकाम मान्ममा संचालन गरेको छ । नेपालको संविधान २०७२ घोषणा पछि संविधानमा स्थानीय निकाय संचालनका लागि निर्धारण मार्ग दर्शन र जिल्ला स्तरीय कार्य संचालन मार्ग दर्शन माथिको छलफलबारे एक दिने पूर्व योजना तर्जुमा गोष्ठी जिविसले संचालन गरेको हो ।

kalikot
स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता र जिल्ला सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा संचालित गोष्ठीमा योजना तर्जुमा लागि केन्द्र तथा जिल्ला स्तरमा तयार पारिएको मार्ग दर्शनबारे छलफल गर्दै स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १९५, नियमावली २०५६ को नियम १९९ र स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि २०६९ को दफा २० को उपदफा ५ संग सम्बन्धित सहभागितात्मक योजना तर्जुमा प्रक्रियाका १४ चरणहरु पारित गरेको छ ।

पारित गरिएको १४ चरणहरुमा बस्तीस्तरको योजना छनौट पौष १० गते भित्र, वडा ससमितिको बैठक पौष १२ गते भित्र, गाविस स्तरिय बैठक पौष १६ गते भित्र, गाउ परिषद पौष १८ गते भित्र, इलाका स्तरिय बैठक माघ १० भित्र, विषयगत योजना तर्जुमा समितिको बैठक माघ १६ देखि माघ २१ गते भित्र, एकिकृत योजना तर्जुमा समितिको बैठक माघ २६ देखि २९ गते भित्र, जिविस बोर्ड बैठक फागुन ५ गते भित्र, सम्पन्न गरी फागुन १४ गते भित्र जिल्ला परिषद सम्पन्न गरिसक्ने साथै जिल्ला विकास योजना कार्यान्वय फागुन २० भित्र गरिसक्ने निर्णयहरु पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’