2026-07-24 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटबाट उत्पादित बस्तुहरुको बजार ब्यबस्थापन गर्न एकद्धार प्रणाली

kalikot news

दलसिंह गिरी । माघ १०, कालिकोट । जिल्लामा उत्पादित कृषि तथा फलफूल जन्य बस्तु तथा जिल्लाका अन्य उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजार प्रणाली विकास गर्न बस्तुको स्तरअनुसार मुल्यमा एकद्धार प्रणाली लागु गर्नु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । ¥याप थ्रि, एसएफडी, हेल्भेटास को आर्थिक सहयोग उद्योग बाणिज्य संघ कालिकोटको आयोजनामा संचालित बजार प्रणाली विकासका विषयमा १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लामा उत्पादित विभिन्न बस्तुहरुको गुणस्तरियता खस्कीनेबारे कुनै प्रभाह नगरी छिट्टै पैसाकमाउन चाहने विचौलीयापन कम गर्न एकरुपता प्रणाली लागु गर्नुपर्ने बताएका हुन् ।

उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि राजनैतिक दल, नागरिक समाज, संकलन कर्ता ब्यापारी, अगुवा कृषक, पत्रकार आदिको उस्थीतिमा संचालित कार्यक्रममा कृषि क्षेत्रबाट जिल्लामा उत्पादित बस्तुहरुको पहिचान र यसको बजार पहुँचको अवस्थाबारे प्रकाश पार्दै जिल्ला कृषि विकास अधिकृत सुनिल सिंहले जिल्लामा कृषि तथा फलफूल क्षेत्रबाट करोडौको बस्तु उत्पादन भै बजारमा गएपनि यसको उत्पादन, संकलन, भण्डारण र उपभोगको सहि तरिका नसोच्दा उत्पादित बस्तुको गुणस्तरियता गुम्दै गएको बताउनु भयो । कालिकोटमा उत्पादित स्याउको उदाहरण दिदै सिंहले कालिकोटमा उत्पादित स्याउको स्वाद र गुणस्तरियता उच्च भएपनि कृषकहरुले बजारमा काचो स्याउ ल्याउने, बगैचाबाट स्याउ टिप्दा खासै ध्यान नदिने र बगैचाको गोडमेल तथा स्याहारमा ध्यान नदिने जस्ता कारणले बाहिरी बजारमा स्याउको गुणस्तरियता खस्केको बताउनु भयो । यसको नियन्त्रण तथा गुणस्तरिय बस्तु उत्पादनमा उत्प्रेरित गराउन स्थानीय सरोकारवाला र सम्बन्धित निकायले विशेष ध्यान दिनु पर्ने सिंहले बताउनु भयो ।

याप थ्रि ले कालिकोटमा गरिरहेको गतिविधिहरुबारे प्रकाश पार्दै ¥याप थ्रि का इन्जीनियर नरजंग शाहीले ¥याप थ्रि कार्यक्रम जिल्लाका सिपखान, स्यूना, फुकोट, राम्नाकोट लगायतका गाविसहरुमा ग्रामिण सडक विस्तार कार्य गरिरहेको र ग्रामिण क्षेत्रमा रहेका विपन्न परिवारलाई ब्यवसायिक कृषि उत्पादनमा उत्प्रेरित गराई उनीहरुले उत्पादन गरेका बस्तुहरुको बजार पहुँच सम्म पुगाउन विभिन्न कार्यक्रम गरिरहेको बताउनु भएको छ ।

विभिन्न विधाका ब्यापारी तथा उद्योगीहरुको छाता संस्था मानिने उद्योग बाणिज्य संघ कालिकोटले बजार प्रणाली विकासका लागि हाल जिल्ला गरिरहेको गतिविधिहरुबारे प्रकाश पार्दै उद्योग बाणिज्य संघ कालिकोटका बरिष्ठ उपाध्यक्ष भानुभक्त बरालले कालिकोटमा हाल १ हजार ८ सय देखि २ हजार ५ सय सम्म साना ठूला ब्यावसायिहरु रहेको र हाल यि ब्यवशायिबाट ७५ लाख ८० हजार राजस्व सरकारलाई भुक्तानी गरिएको बताउनु भएको छ । जिल्लामा रहेका साना तथा ठूला गरी डेढ दर्जन बढी बजार केन्द्र उल्लेख गर्दै यि बजार केन्द्रहरुमा विक्रिबितरण भैरहेको उपभोग्य बस्तुहरुको अवस्थाबारे नियमित अनुगमन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा कालिकोट जिल्लामा उत्पादित तरकारी, फलफूल, राडीपाखी, जडिबुटी जस्ता बस्तुहरुको बजारीकरण र जिल्लामा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रशारबारे विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताउनु भएको छ । कार्यक्रम जिल्ला सदरमुकाम मान्म विचबजारमा रहेको स्वीस बेल रेष्टुरेन्टमा संचालन भएको थियो भने यसको संचालन उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बरालले नै गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक