2026-09-16 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

टावरमा पावरको अभाव, सेवाग्राही मर्कामा

kalikot news

दलसिंह गिरी । माघ १४, कालीकोट । जिल्लामा रहेका नेपाल टेलिकमको टावरमा पावरको अभाव भए पछि संचार सुविधा निरन्तर सुचारु नहुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लाको एक मात्र साना जलविद्युत आयोजना पोतमारा साना जलविद्युत आयोजनाको नहर ३ महिना अघि भत्कीदा जिल्लाको विभिन्न ठाउमा रहेका टेलिकम टावरमा पावरको अभाव हुदा सेवाग्राही मर्कामा परेका हुन् ।

मेहलुमडी फुकोट, लालु, जुविथा, जिमजेडी लगायतका विभिन्न ठाउमा जिएसएम मोवाईल टावर निर्माण भै सेवा प्रवाह भएपनि पावरको अभावका कारण सेवाग्राहीले सेवामा निरन्तरता पाएका छैनन् । टावरमा जडान भएका सोवारहरु पनि घाम लागे पछि मात्र सुचारु हुने र घाम अस्थाउदा साथ सेवा बन्द हुने हुनाले सेवाग्रही मर्कामा परेका छन् ।

जिल्ला सदरमुकाम मान्ममा रहेको टेलिफोनको टावरमा दिउसो सोलार र विहानबेलुका र राती जेनेरेटर बाट पावर दिई सेवा सचारी गरिरहे पनि राती थ्रिजी जस्ता केही सेवा अप्रयाप्त पावरका कारण घटाउनु परेको नेपाल टेलिकम कालिकोटले बताएको छ । नेपाल टेलिकमबाट पाउने सम्पूर्ण सेवा प्रभावकारी रुपमा सेवाग्राहीलाई दिने चाहना हुदाहुदै पनि पावरका कारण सेवा प्रभावित हुदै गएको नेपाल टेलिकम कालिकोटका प्रमुख जितबहादुर त्यागी बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु