2026-06-29 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फलाम खानीको उत्खन गर्ने तीन ठेक्केदारको अनुमति पत्र रद्ध

दलसिंह गिरी/फागुन ५, कालीकोट । कालीकोट जिल्लाको भर्ता लगायत विभिन्न गाविसमा रहेको काइनेट तथा फलाम खानीको उत्खन गरी व्यापार गर्ने केही ठेक्केदारहरुको अनुमति पत्र रद्ध भएको छ । केही ठेक्केदारहरुलाई अख्तीया दुरुपयोग अनुसन्धान आयोगले सचेत गराएको छ ।

वर्दिया गुलरीया ८ घर भएकी ठेक्केदार विमला क्षेत्री, अछाम घर भएका नारायण वहादुर माझी , र नेपागंज घर भएका इस्तीहाक अहमद अन्सारीको अनुमति पत्र रद्ध भएको छ । यस्तै अछाम कालीका स्थान १ घर भएका ठेक्केदार डवलसिंह माझी र विविनेन अविखानी उत्तर गंगा ९ सुर्खेत उद्योगका संचालक गोपाल पाण्डेको अख्तीयारमा उजुरी परेको छ ।

हाललाई उनीहरुलाई राम्रो संग काम गर्न भन्दै अख्तीयारले कडा सचेत पत्र पठाएको कालीकोटका निमीत्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईले वताउनु भएको छ । उहाले जिल्लाको आर्थिक श्रोतको एक मात्र माध्यम भर्तामा रहेको काइनेट खानीको संरक्षण र सहि सदुपायोगको लागी सवै क्षेत्रको विशेष चासो हुनु पर्ने समेत वताउनु भएको छ ।

निमीत्त स्थानीय विकास अधिकारी चापागाईले अघिल्लो वर्षमा भर्ताको लेखमा रहेको काइनेट पत्थर वाट जम्मा १४ हजार राजस्व प्राप्त भएको भएपनि यो वर्ष भने राजस्वमा वृद्धि भएर ४५ हजार पुगेको जानकारी दिनु भयो । काइनेट खानी दिन प्रतिदिन नास हुदै जाँदा पनि जिल्लाका सरोकारवालाहरुले ध्यान नदिएको भन्दै सर्वत्र आचोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी