2026-09-16 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्व साक्षरता तथा गणितीय सिप विकासका लागि अभिमुखीकरण

kalikot sajhasabalदलसिंह गिरी/ चैत ६, कालिकोट । चार बर्ष मुनिका बालबालिकाहरुलाई रचनात्क तथा मनोरञ्जनात्क तरिकाले पढन पाठन गरी बानीको विकास गर्ने अभिप्रायले संचालित बालविकास केन्द्रका सहयोगीहरुलाई पूर्व साक्षरता तथा गणितीय सिप विकास अभिमुखिकरण गरिएको छ ।

किर्डाक नेपाल कालिकोट र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारमा संचालित एकिकृत परियोजना कालिकोटको आयोजनामा संचालित कालिकोट १२ वटा गाविसमा संचालित बालविकास केन्द्रका सहयोगीलाई ५ दिने अभिमुखिकरण जिल्ला सदरमुकाम मान्ममा गरिएको हो ।
गएको फागुन ३० गते देखि किर्डाक नेपाल कालिकोटको सभा हलमा संचालन गरिएको अभिमुखीकरणमा प्रारम्भिक बालविकास केन्द्रको अवधारणा, पाठ्यक्रमको परिचय, पाठ्यक्रमको उद्देश्य, गणितिय सिप विकासका लागि आधारभूत ज्ञानबारे सहयोगीलाई अभिमुखीकरण गरिएको किर्डाक नेपाल कालिकोटका फिल्ड अधिकृत धनिराम न्यौपानेले बताउनु भएको छ ।

पाच दिने अभिमुखिकरणको सहजिकरण सेतो गुराँस सुर्खेतका जानकी देवकोटाले गर्नु भएको र अभिमुखीकरणमा परियोजना संचालित १२ वटा गाविसका २४ जना बालविकास केन्द्र सहयोगीहरुको सहभागीता रहेको फिल्ड अधिकृत न्यौपानेले बताउनु भएको छ ।

किर्डाक नेपाल कालिकोटले एकिकृत परियोजना मार्फत कालिकोटका १२ वटा गाविसका १ सय ८ विद्यालय, ९० वटा बालविकास केन्द्र, ७१ वटा बालक्लव, १२ गाउँबाल संरक्षण समिति र १२ गाउँ बाल शिक्षा समितिहरु संग मिलेर बालबालिका सम्बन्धि काम गरिरहेको एकिकृत परियोजनाका अधिकृत खिम बहादुर केसीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु