२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पहिलो पटक बालिका सम्मेलन

२०७२, ६ चैत्र शनिबार ०५:३०

चैत ६, कालिकोट । ‘सक्षम बालिका समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ कालिकोटमा पहिलो पटक बालिका सम्मेलन सम्मन्न भएको छ। सम्मेलनले नौ बुँदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको हो। बाल विवाह अन्त्य गर्नका लागि सम्पूर्ण राजनीतिक दल, सरकारी कार्यालय, संघ, संस्था नागरिक समाज, पत्रकार, बालवालिका सबै सरोकारवालाले कानूनको परिपालनका लागि तयार रहेने बाचा गर्दै नौ बुँदे प्रतिबद्धता जनाएका छन् ।

balika sammelan - kalikot sajhasabal
सम्मेलनमा सहभागी बालबालिकाले बाल बिवाह अन्त्यका लागि जिल्लाका सरोकारवालाले प्रतिबद्धता गरे अनुसार काम नगरेको गुनासो गरे। सम्मेलनमा सहभागी किशोर प्रतिप तिरुवाले गाउँमा दलित र दलित बालबालिका माथि हुने बिभेदको अन्त्यका लागि सरोकारवालाको भूमिका विषमा प्रश्न उठाएका थिए।

सम्मेलनमा उपस्थित अधिकांश बालिबालिकाले बाल विवाह गर्नेलाई ठोस कानून नभएका कारण कार्वाही हुन नसकेको बताएका थिए। सम्मेलनमा सहभागी ज्वालाकुमारी बिकले बाल विवाह र बहुविवाह गर्नेलाई कडा कारवाही हुने नीति र कानूनको आवश्यकता रहेको औंल्याइन् । उनले बालविवाह र बहुबिवाह शिक्षित बर्गबाटै हुने गरेको बताइन् ।

ग्रामीण क्षेत्रका महिला आत्मानिर्भर नभएका कारण बाल विवाह र बहु विवाह हुने गरेको जिल्ला महिला विकास अधिकृत सिता थापा मगरले बताइन्। ुमहिलालाई आत्मनिर्भर बनाउन गाउँ गाउँमा महिला सहकारी संस्थाको स्थापना गरिएको र सहकारीमार्फत राज्यले विभिन्न जनचेतना मूलक कार्यक्रम संचालन गरेको छ,ु उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट