2026-10-31 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

र्याप थ्रीले जन्माएका बच्चा विचैमा अलपत्र

kalikot news

दलसिंह गिरी । चैत्र ७, कालिकोट । जिल्लामा सन २०१३ अक्टोबर बाट स्थानीय साझेदार संस्था भिडिसेफ मार्फत ग्रामिण पहुँच तेश्रो चरणको कार्यक्रम (र्याप थ्री) परियोजनाको सामाजिक तथा आर्थिक विकासको कार्यक्रम (सेडपी) गर्दै आएको हेल्भेटासले र्याप थ्री परियोजना बाट हात झिकेको जनाएको छ ।

नेपाल सरकार र बेलायत सरकारको संयुक्त प्रयासमा संचालित र्याप थ्री कार्यक्रम सन २०१३ देखि २०१७ सम्म कार्यान्वयनका लागि आई.एम.सी वल्र्डवाईड संग लिखित सम्झौता भएपनि आई.एम.सी वल्र्डवाईड ले सम्झौताको तेश्रो बर्षको सुरुवात मै सामाजिक तथा आर्थिक विकास कार्यक्रम (सेडपी)को कार्यशैली परिवर्तन गरेको हुदाँ परिवर्तित कार्यशैलीमा हेल्भेटासले काम गर्न नसक्ने भन्दै कार्यक्रमबाट हात झिकेको जनाएको हो ।

जिल्ला विकास समिति कालिकोटका निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाई अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा हेल्भेटास नेपाल कालिकोटले सदरमुकाम मान्ममा आज एक कार्यक्रमको आयोजना गरी र्याप थ्री संगको साझेदारमा विगत २ बर्ष देखि सामाजिक तथा आर्थिक विकास कार्यक्रम (सेडपी) संचालन गरी त्यसबाट भएको प्रगतिवारे सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

संचालित जिल्लाका ४ वटा गाविस सिपखाना, स्यूना फुकोट र राम्नाकोट गाविसमा ग्रामिण सडक विस्तारका साथै सम्बन्धित गाविसका समुदायहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि विभिन्न उद्यमशिल मुलक कार्यक्रम संचालन गरेको हेल्भेटास नेपालले जनाएको छ । संचालित कार्यक्रम प्रगतिवारे प्रस्तुत गर्दै हेल्भेटासका प्राविधिक इन्जीनियर नरजंग शाहीले सामाजिक तथा आर्थिक विकासका लागि हेल्भेटासले संचालन गरेको सामाजिक क्रियाकलाप तर्फ ४ गाविसका १ हजार ३ सय १२ घरधुरीका ६९ सडक निर्माण समुह गठन गरी सडक निर्माण कार्य भैरहेको र आर्थिक क्रियाकलाप तर्फ ५४० घरधुरीमा ५ सह क्षेत्रहरु (तरकारी, वीउ, फलफूल, बाख्रापालन र गैर काष्ठ वन पैदावार) निर्माण गरी ८ वटा कृषक पाठशाला संचालन गरेको, एग्रोभेट, नर्सरी र तरकारी वीउ त्पादन जस्ता ३४ वटा सेवा प्रदायक समुह निर्माण गरेको, सिचाईपोखरी, बहुउपयोगी जल प्रणाली निर्माण, उत्पादी बस्तुको बजारीकरणका लागि बजार ब्यवस्थापन समिति निर्माण जस्ता आर्थिक जीवनस्तर उठ्ने खालका विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भएको छ ।

जिल्लामा संचालित र्याप थ्री कार्यक्रमबाट आफुले हात झिके पनि आफ्ना अन्य परियोजना मार्फत जिल्लामा कृषि र सुशासन सम्बन्धि विभिन्न कार्यक्रम निरन्तर गर्दै जाने हेल्भेटास नेपाल कालिकोटका संयोजक लेखनाथ खरेलले बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्मको ह्वाइटहासमा संचालित कार्यक्रमका सहभागिहरुले र्याप थ्री कार्यक्रमले बच्चा जन्माएर हुकाउनुको साटो विचैमा अलपत्र पारेको भन्दै सामाजिक तथा आर्थिक विकास कार्यक्रम मार्फत कृषकहरुलाई उद्यमशिलता तर्फ जागृत गराई कार्यक्रमलाई निरन्तरता दिन जिल्ला विकास समिति मार्फत आई.एम.सी वल्र्डवाईडलाई लिखित अनुरोध गर्न पर्नेमा जोड दिएका छन् । यसका लागि राजनैतिकदल, स्थानीय उपभोक्ता समिति सरोकार निकायले आफ्नो तर्फबाट के गर्न पर्नेहो त्यो गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह