2026-09-16 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा विपद ब्यवस्थापन सम्बन्धि कार्ययोजना बन्दै

दलसिंह गिरी, चैत्र १७, कालिकोट / विपदको उच्च जोखिममा रहेको कालिकोटमा आज विपद जोखिम न्यूनिकरण सम्बन्धि दुई दिने अन्तरक्रियात्मक गोष्ठी संचालन भएको छ । जिल्ला विकास समिति कालिकोटको आयोजना यूनिसेफ नेपालको आर्थिक सहयोगमा अन्तरक्रियात्मक गोष्ठी संचालन भएको हो ।

bipad

निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, विभिन्न राजनैतिक दल, सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा हाल जिल्लामा विपद जोखिमको अवस्था र यसलाई न्यूनिकरण गर्न सरोकारवाला निकायले खेल्न पर्ने भूमिका बारे छलफल भएको छ ।

विपद ब्यवस्थापनका लागि आवश्यक कार्ययोजना निर्माणका लागि ७ वटा विषयगत समुहमा विपद निम्त्याउने कारण र न्यूनिकरणका उपाएहरुबारे समुह समुहमा समेत छलफल भएको जिल्ला विकास समिति अन्तर्गत एलजिसिडीपी कार्यक्रमका सरकार सासन विज्ञ नाराणय लामाले बताउनु भएको छ ।

दुई दिन सम्म संचालन हुने अन्तरक्रियात्क गोष्ठीको अन्तिम दिन संयुक्त छलफल गरी कार्ययोजना समेत घोषणा गर्ने कार्यक्रम रहेको लामाले बताउनु भएको छ ।

कालिकोटमा हाल बिपद जोखिमको प्रमुख कारणहरु मध्य पहिरो पहिलो स्थानमा रहेको, खडेरी दोश्रो चरणमा, बाढी तेश्रो स्थानमा, ढुंगा खस्ने चौथो स्थानमा हावाहुरी पाचौं, असिना छैंठौं, आगलागी सातौं, महामारी आठौं र हिमपात नवौं स्थानमा रहेको भन्दै जिविसले एक तथ्यांक समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु