2026-09-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा छुट्टाछुट्टै घट्नामा परी २ जनाको मृत्यु

प्रेम सुनार/कात्तिक २०, गुल्मी । सोमबार मुसिकोट १ जुकेपानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दिउसो करिब १२ बजेको समयमा लु ३ त ८५४३ नम्बरको राम बहादुर बोहोराको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका दाङको ललमटीया बस्ने २५ बर्षीय ऋषीराम चौधरीको उपचार गर्न पाल्पा लैजादै गर्दा मृत्यु भएको हो । 

लोड बोकर पौदीअमराइ तर्फ जाँदै गरेको सो ट्रयाक्टर जमिन भासिएको कारण करिब २० मिटर तल पल्टिदा सो घट्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका समाचार शाखाका प्रहरी जवान ढुन्डीराज खरालले जानकारी दिए । सो ट्रयाक्टरमा दुइ जना सवार रहेका थिए भने चालक मात्र घाइते भएका थिए । पछि उनको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

आज मात्रै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले चलाएका ढुँगाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । सो वडा बस्ने ४५ बर्षीय मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए । 

बिहान १० बजेको समयमा बिद्यालयमा पानी ल्याउनको लागि पानी जोड्न इन्द्रगौडा बजार भन्दा माथीपट्टी खोल्सामा रहेको मुहानमा पुगेका बेलामा उनलाइ माथीबाट आएको ढुँगाले लागेको थियो । 

उनका अनुसार मृतक अर्यालले राम्रो सँग कान पनि सुन्न नसक्ने तथ बोल्न नसक्ने थिए । उनी नेपाल राष्ट्रिय सर्बाेदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ भाइ छोरा, एक छोरी, आमा र श्रीमती रहेका छन ।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्याउने लक्ष्यका साथ प्रयोग गरीएको डोजरले पल्टाएको ढुँगाले लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष खरेलले जानकारी दिए । उनलाइ मुसिकोट नगरपालिकाले राहात प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली