२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रगुरु योगी नरहरी नाथको सम्झनामा शालीक शिलान्यास

२८ चैत्र २०७२, आईतवार ०९:३०

दलसि‌ंह गिरी, चैत्र २८, कालिकोट । राष्ट्रगुरु योगी नरहरी नाथको सम्झानामा जिल्ला सदरमुकाम मान्ममा शालिक सिलान्यास गरिएको छ । नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बलबहादुर महतले शालिकको शिलान्यास गर्नु भएको हो ।

शालिकको शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री महतले राष्ट्रगुरु योगी नरहरीनाथको शालिक शिलान्यास गर्न पाउदा धेरै हर्सित रहेको बताउनु भएको छ ।

कालिकोट जस्तो विकट जिल्लामा जन्मिनु भएका योगी नरहरी नाथले कला, शाहित्य, सस्कृति र भाषा भेषभूषाको जगेर्नाका लागि अन्तराष्ट्रिय स्तर सम्म समेत अतुलनीय योगदान गर्नुभएको राज्यमन्त्री महतले बताउनु भएको छ । नेपालका उद्धट आध्यात्मीक राष्टगुरुको सम्झनामा शालिक निर्माण गर्नु योगी गुरु प्रतिको सम्मान रहेको महतले बताउनु भयो ।

पर्यटन मन्त्रालय अन्तर्गत प्रर्यटन प्रवद्धन विकास समितिको ९ लाख आर्थिक सहयोगमा शालिक निर्माण हुन लागेको पर्यटन विकास केन्द्रका अध्यक्ष भवानी प्रसाद आचार्यले बताउनु भएको छ ।

वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान योगी आजीवन अन्वेषकका रूपमा रहेका योगी गुरुले देश एवं विदेशका धेरै ऐतिहासिक तथा पुरातात्विीक स्थानहरूको भ्रमण गरेर अध्ययन अनुसन्धान गर्नु भएको जानकारहरु बताउछन् । संस्कृत र नेपाली भाषामा रचित योगी नरहरिनाथका धेरै कृतिहरू प्रकाशनमा आएका पाइन्छन् ।

राष्ट्रगुरु योगी विक्रम सम्वत १९७१ फागुन १७ गते कालिकोट जिल्ला लालु गाविस स्थीत थापाटोलका पिता ललित थापा र माता गौरीथापाको कोखबाट जन्मिनु भएको र वहाको बाल्यकालको नाम बलविर कृष्ण थापा रहेको जनाकारहरु बताउछन् ।

योगी नरहरीनाथ द्वारा लिखित केही कृतिहरू

इतिहासप्रकाश सन्धिपत्र सङ्ग्रहृ(१)
गोर्खा वंशावली (९२००९०)
गोर्खालीको सैनिक इतिहास (९२०११०)
इतिहासप्रकाश, अङ्क २, भाग ३ (९२०१३०)
हाम्रो गोर्खा र राष्ट्रध्वज वन्दना (९२०१५०)
हिमवत् खण्ड,
देवभूमि भारत,
आध्यात्मिक नेपाल,
हाम्रो देशदर्शन(२०३२०)
इतिहासप्रकाश भाग २ (९२०१३०)
देवमाला वंशावली,
देवता तीर्थमाला,
हाम्रो मौलिकता (२०१५०)
योगतरङ्गिणी,
रुद्राक्षारण्यमहात्म्यम् (२०१५०)
मत्स्येन्द्रनाथ पद्य शतकम् (२०१८०)
गरुङ वंशावली,
किरात वंशावली,
छत्तिस जात र चौसठ्ठी जातको वंशावली,
गोरक्षयोग मञ्जरी,
नवनाथ चौरासी सिद्ध,
नवनाथ कथा,
हाम्रो देश दर्शन (२०३२०)
ऐतिहासिक यात्रा (शिखरिणी यात्रा) २०३७
विश्वहिन्दू सम्मेलनको रूपरेखा (२०३७०)
हिखरिणी यात्रा (२०४९)
जापानम् शब्दचित्रम्,
मात्रृभूमि वन्दना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ