2026-09-02 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु दर्जनौ घाईते

प्रेम सुनार | कार्तिक–३०, गुल्मी । गए राती गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गर्दा जिप दुर्घटना भएको छ ।  हिजो राती करिव साढे दश वजेको समयमा छल्दी पनाह घाटमा एक जना स्थानियको शव अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा  दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो ।

अघिल्लो दिन अर्खले मै माथी भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरी थप  उपचारका  लागि पाल्पा लैजादै गर्दा  ढेगा मगरको  हिजै राती वाटैमा ज्यान गएको थियो । अघिल्लो दिन मृत्यु भएका दर्लामीको ढेगा मगर आफन्त थिए । जिपमा १५ जना सवार थिए । ५ जना शख्त घाईतेलाई पाल्पा पठाईएको छ ।

एक जना  रिफर भएका छन भने बाँकीको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । लगतार पहिलो र दोश्रो दिन आफन्त गुमाएका अर्खलेवासी आफन्त वियोगको चोटपर चोटमा परेर भावविह्ल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली