Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वलात्कारका नाममा पुरुषको जिन्दगी वर्वाद गर्ने महिलादेखि सावधान !

By साझासवाल 15 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | मंसिर–२७,  गुल्मी |   ‘वलात्कार अभियोगमा फलानो पुरुष पक्राउ’ शिर्षको समाचार आउँछ । आरोपी जुन पुरुषको जिन्दगी त्यो समाचारले  नै वर्वाद  पारिदिन्छ । सुरुमा वलात्कार गरेको बताउँदै मुद्धा दायर गर्ने तिनै महिलाले पछि अदालतमा निजले मलाई वलत्कार गरेको कुरा झुटो हो भनेर वयान दिई आरोपीले सफाई पाउँछन् भने अब त्यस्ता महिला विरुद्ध कार्वाही हुने की नहुने  ? सवाल यो उठेको छ ।

आज ईन्सेक गुल्मी र सिर्जनशिल सामुदायिक  विकास केन्द्र गुल्मीले संयुक्त रुपमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को वर्षिकी पुर्व समिक्षा कार्यक्रममा अधिकारकर्मीहरुले यहि सवाल गम्भीर ढंगले उठाएका छन् ।

पछिल्लो एक वर्षमा गुल्मीमा  प्रहरीमा दर्ता भएको एक मुद्धा वाहेक जिल्ला अदालत गुल्मीमा १० वटा वलात्कार अभियोगका मुद्धा परे । त्यस मध्ये ६ वटा मुद्धा अनाहकमा महिलाले पुरुषको जिन्दगी वर्वाद गर्ने गरी दायर गरेको पाईएको छ । एक वर्षको अन्तरालमै महिलाले एउटै जिल्लाबाट मात्रै ६ जना पुरुषहरुको जिन्दगी माथी खेलवाड गर्नु भनेको कम गम्भीर चिन्ताको विषय होईन् ।

जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले पनि पछिलो एक वर्षमा दर्ता भएका बलत्कार मुद्धाको फैसालाले गम्भीर चिन्ता  प्रकट गर्दै  खोज पत्रकारिता मार्फ यस विषयलाई  चिर्न पर्नेमा जोड दिए । ‘सुरुमा महिलाले गम्भीर जवर जस्ती करणको मुद्धा दर्ता गराउँ छन् । पुर्वक्षका लागि आरोपित पुरुषहरु कारागार चलान पनि हुन्छन्’– श्रेस्तेदार बस्यालले भने–‘पछि तिनै महिलाले होईन निजले वलात्कार गरेको भनेर वयान दिन्छन त्यस पछि अदालतले के गर्ने ?’

उनका अनुसार २०७३ पुुष २७ गते रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का ३१ व्र्षिय एक पुरुषले आफुलाई  यौनाङ्ग रक्ताम्मे हुने गरी वलात्कार गरेको आरोप लगाउँदै मुद्धा दायर गरिन् । अर्को दिन ति पुरुषलाई गिरफतार गर्यो जिल्ला प्रहरी कार्यालयले ।  वलात्कृत भनिएकी ति महिलाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरियो । चैत्र ११ गते जिल्ला अदालतले निजलाई पुर्पक्षका लागि थुनामा पठायो । तर २०७४ असार २८ गतेका दिन तिनै महिलाले आफुलाई निजले वलात्कार गरेको जानकारी नभएको , ति पुरुषले पनि आरोप ईन्कार गरेको र विधी विज्ञान प्रयोगशालाले पनि वलात्कार पुष्टी गर्न नसके पछि ति पुरुषलाई सफाई दियो ।

झण्डै ४ महिना ति पुरुषले कारागारको चिसो खाए । मानसिक तनावका अलावा सञ्चार माध्यम मार्फत वेईजती खेपे ।  त्यस्ता महिलाहरु विरुद्ध चरित्र हत्याको मुद्धा अव आरोपित पुरुषले  दिनेकी नदिने ?

त्यस्तै ईस्मा ४ का एक पुरुषले  २०७४ बैशाख ६ गते दोहोली भुवानाको जंगलबाट हिड्दै गरेको अवस्थामा झाडीमा लगेर आफुलाई वलात्कार गरेको भन्दै त्यहाँकी एक महिलाले मुद्धा दायर गरिन ।  त्यसको तिन महिना पछि गएर तिनै महिलाले अदालतमा हामी छिमेकी हौं । ‘आपसमा वसेर व्यवहारिक कुराकानी गरेका हौं ।’ जाहेरी दर्खास्तमा भनिए जस्तो निजले आफुलाई जवर जस्ती करणी गरेको होईन भनेर वयान दिईन् । जसका कारण २०७४ असार २२ गते आरोपि पुरुषले सफाई पाए ।

सोही दिन नै १२ वर्षिया वालिकालाई सामुहिक  वलात्कारको अभियोगमा पुर्वक्षका लागि थुनामा रहेका एक युवा र अर्का एक किशोरलाई पनि सफाई दिईएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर ११ का १८  वर्षिय एक युवा र १४ वर्षिय एक किशोरले त्यस वडा नजिकैको जंगलमा  गत फागुन ७ गते जवर जस्ती करणी गरेको मुद्धा दायर भएको थियो ।

जिल्ला अदालतले उनिहरुलाई चैत्र ३ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।  पछि तिनै वालिका र उनकी आमाले निजहरुले जवर जस्ती करणी नगरेको , वालिका मावली गएको वेला सम्पर्क नभए पछि शंंकाको भरमा जाहेरी दिएको भन्ने वयान दिए पछि असार २२ गते जिल्ला अदालतले उनिहरुलाई पनि सफाई दियो । हाम्रो गणना विवरण अनुसार यसै वर्ष परेको जवर जस्ती करणी मुद्धा नम्वर ५  र ६ का  आरोपीले पनि सफाई पाएका  छन् ।

पुरुषका लागि डरलाग्दो हतियार

पछिल्ला केहि घटनालाई हेर्ने हो भने महिलाको अस्मीता पुरुषका लागि डर लाग्दो हतियार अझ भनौं आत्माघाचती  वम जस्तो बनेको छ ।

रिस ईवीमा  त कतै कुम्लाउने प्रवृद्धिका कतिपय महिलाले यसलाई पुरुष फसाउने पेशाका रुपमा लिएको  पाईएको छ । ईस्मा मै  तिन वर्ष अघि पनि एक महिलाले सुरुमा वलात्कार भनेर मुद्धा दिईन पछि गाउँमा गएर  रिस  ईवीले दिएकी हुँ भन्ने  गरेको बताईन्छ ।

चार वर्ष अघि सिमिचौरमा आफ्नै छोरीले वावु बाट वलात्कृत भएको भन्दै प्रहरीमा मुद्धा दायर गरेकी थिईन् ।  उनकी आमाले समेत मैले देखेको भनेर श्रीमानलाई छोरी वलात्कार गरेको आरोप लगाईन् ।

पछि उनै आमा छोरीले भनेका थिए वलात्कार गरेको होईन जाँड खाएर सधै कुट पिट गरे पछि जेला हाल्न सकिन्थ्यो कि भनेर झुटो कुरा गरेको बताएका थिए र  ति वावु प्रहरीबाटै उम्कीने मौका पाएका थिए ।

६ वर्षिया नावालिका छोरी वलात्कारका समेत मुद्धा पर्नु  कम डर लाग्दो घटना होईन् । एक फेर कल्पना गरौं , कस्तो वावु होला जसले आफैले हुर्काएको ६ वर्षिया छोरी वलात्कार गर्न सकोस् ?

कसैले देखे वलात्कार नदेखे सत्कार

वलात्कारका घटना यस्ता  पनि आउने गरेको कानुन व्यवसायीहरु बताउँ छन् कि कतिपय  वलात्कार भनिएको घटनाहरु मेल मिलावमा  भई रहँदै आएका सहवासहरु जव कुनै दिन  परिवारका मानिसले देखे भने मात्र वलात्कारको मुद्धामा महिलाहरुले फसाउने गरेको पाईएको छ  ।

दर्लामचौर सिमपानीकी एक महिलाले सधै जसो घरमा वोलाएर एक जना डाईभर संग सहवास गर्दै आई रहेको वेला एक दिन उनैकी सासुले आपत्तीजनक अवस्थामा भेटे पछि ति महिला कुलेलाम ठोकेकी थिईन् ।

कसैले नदेखनु सम्म प्रवासमा रहेका श्रीमान संग सति सावित्रीका रुपमा प्रस्तु हुने पछि कसैले देखे भने कि त वलात्कार गरेको भन्ने कि त श्रीमानको  कमाई समेत बोकेर टाप कस्ने दुई विकल्प रोजेका कतिपय महिलाका कारण पुरुषहरुको विल्लीबाँठ भएको छ ।

यस आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारबाट फर्केका  १० जना पत्नी पिडित पुरुषले जिल्ला प्रहरी कार्यालयमा न्याय पाउँ भन्दै उजुरी दर्ता गरेको त्यस कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारयण यादवले आजको समिक्षा कार्यक्रममा बताए ।  अव झन वलात्कारको घटनाको  मुद्धा झन कडा बन्दै छ यादवले भने–‘ पुरुषले त महिलालाई अव छोयो कि वात लाग्योको अवस्था छ । ’

वलात्कार मुद्धामा पैसाको चलखेल

वलात्कारको मुद्धामा सफाई पाउनुको पछाडी ति महिला  र आरोपी पुरुष विच पैसाको चलखेल हुन सक्ने आशंका गरिएको छ ।  वलात्कारको मुद्धा दायर गरी सके पछि ति दुई पक्ष विच पैसाको वार्गेनिङ्ग हुने र आफुले चाहे जती रकम पाए गरिएको वलात्कार समेत  पछि होईन भनेर  अदालतमा वायान दिने गरेको आशंंका अधिकारकर्मीहरुले गरेका छन् ।

ईन्सेक गुल्मीका प्रतिनिधी तथा पत्रकार टोपलाल अर्यालय  यस वर्षका सफाई पाएका यि घटनाको गम्भीर भएर  खोज अनुसन्धान गरिनु पर्ने कुरामा जोड दिए ।

सिर्जनशिल सामुदायिक विकास संस्थाका मानव अधिकार अधिकृत गणेश श्रेष्ठले पनि  सुरुमा वलात्कारको आरोप  पछि उनै महिलाले होईन भन्नुले भविश्यमा कतिपय महिलाका लागि पेशेवर हुन सक्ने र पुरुषको जिन्दीगी माथी खेलवाड  गर्ने क्रम बढ्दै जाने भएकाले  सञ्चार माध्यमले यो विषयलाई कडा रुपमा उठाउनु पर्नेमा जोड दिए ।

बढ्दो वैदेशिक रोजगार संगै समाजमा यौन विकृतिा  पनि बढ्दै गएका छन् ।  यौन विकृति कै कारण आत्मा हत्या , वेपत्ता र पुरुष विल्लीबाँठ हुने क्रम पनि बढेको छ । अव सञ्चार माध्यमले पनि वलात्कारको आरोप पुष्टि नभए सम्म आरोपीको नाम गोप्य राखीनु पर्नेमा आजका वक्ताहरुले सुझाव दिएका छन् ।