2026-09-02 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् युवती वलात्कारपछि फरार अभियुक्त राजु अधिकारी

प्रेम सुनार/पुस १२, गुल्मी । यस हप्ता रहश्यमय रुपमा जंगलमा मृत फेला परेकी र गत वर्ष वलात्कृत भएकी  अर्घाखाँचीकी एक दलित युवतीका वलात्कार अभियोगी राजु अधिकारी हाल सम्म फरार रहेका छन् ।

अर्घाखाँचीको भुमिका स्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी १७ वर्षिया सुन्दरी नामले परिचित समिता नेपालीलाई  सोही नगरपालिका वडा नम्वर ९ कि १७ वर्षिया सुन्दरी नामले परिचीत समिता नेपालीलाई सोही नगरपालिका वडा नम्वर ४ धारापानी मकैडाँडाकाका अन्दाजी २५ वर्षिया राजु अधिकारीले सन्धीखर्कको होटल डायमण्डमा लगेर २०७३ माघ ७ गते राती वलात्कार गरेका थिए । 

माघ ९ गतेका दिन पिडितका परिवारजनले जिल्ला अदालत अर्घाखाँचीमा जवर जस्ती करणीको मुद्धा दर्ता गरे लगत्तै फरार भएका अधिकारीको अवस्था अहिले सम्म अज्ञात छ । 

वलात्कार घटना लगत्तै उनि वेवत्ता भए पछि उनको तस्वीर समेत पत्रकारहरुलाई दुर्लभ प्रायः भई रहेको बेला हामीलाई उनको तस्वीर प्राप्त भएको छ ।  यहि पुष ९ गतेका दिन सोही नगरपालिका वडा नम्वर १० को चरेपानी जंगल विचमा रहेको कालिका मन्दिरको ढोका अगाडी झुण्डिएको अवस्थामा फेला परेकी नेपालीको मृत्यु घटना गत वर्षको वलात्कार घटना संग परिवारजनले जोडेका छन् । 

खुट्टा भुँईमा टेकिएको, गलाको डोरी खुकुलो, थप नाईलनका डोरीहरु घटना स्थलमा रहेको र उनि  ललितपुरबाट हिडेको तिन दिन पछि त्यहाँ फेला पर्नुलाई कसैले माया प्रेमको जाल रचेर  वुटवल सम्म वोलाएको र अपहरण गरी त्यहाँ ल्याएर हत्या गरी झुण्डाएको सर्वत्र अनुमान गर्न थालिएको छ । 

विहिवार विहान पौने ६ वजेको समयमा कलेज जान्छु भन्दै ललितपुर स्थित मामाकी छोरी मिनाको घरबाट हिडेकी समिता एक्कासी ११ वजेको समयमा म बुटवल आई पुगे, अर्घाखाँची कै केटा संग विहे गरेर ईन्डिया तिर जाँदै छु भनेर उनै दिदीलाई फोन गरेकी थिईन् ।  

पत्याउन नसकेर उताबाट दिदीले फोन गरे पछि उनको मोवाईल स्वीच अफ भएको दिदी मिनाले जानकारी दिईन् । उनि अर्घाखाँची घर आउन थालेको भए त्यो बाटो उनको घरमा पुगिदैन । उनले घर आउन लागेकै भए घरमा फोन गर्नु पर्दथ्यो । उनका पिता विष्णुबहादुर नेपालीले छोरीको  वलात्कार घटनाको रिसी ईविबाट हत्या भएको आशंका गरेका छन् । 

घटना स्थलमा पुगेका हरेकले समितिको हत्या नै भएको आशंका गर्दछन् । समितिको गत वर्ष  वलात्कार र अहिले रहस्यमय मृत्यु पछि त्यहाँका महिलाहरु असरक्षित महशुस गरेका छन् । 

प्रहरी प्रमुख डिएसपी एकनारायण कोईरालाले गम्भीर रुपले छानविन हुने बताए पनि यस अघिका त्यस्ता थुप्रै रहस्यमय घटनाहरुको सत्य तथ्य वाहिर नआए पछि यो घटना पनि त्यति कै हराउने अधिकारकर्मीहरुको भनाई छ ।  

स्मरण रहोस समितिको वलात्कार अभियोगी राजु अधिकारीलाई दोश्रो वर्षको पक्राउ पुजी जारी गर्न कै दिन उनि त्यसरी मृत फेला परेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली