2026-08-29 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला अदालत अछामद्धारा आफ्ना नियमित कार्य सञ्चारकर्मिलाई जानकारी

कमल रावल | पुस १९, अछाम | जिल्ला अदालत अछामले आफ्नो नियमित चौमासिक सञ्चारकर्मिसँगको अन्तरक्रिया कार्यक्रम गरेको छ । पञ्चवर्षिय रणनैतिक योजना अन्तर्गत सञ्चारकर्मिसँग अन्तरक्रिया गरेको हो । 

छलफलका क्रममा अछाम जिल्लामा यो आर्थिक बर्षका लागि जिम्मा आएका ६२ मुद्दा मध्ये १६ मुद्दा फछयौट गरिएका छन । गत आर्थिक बर्षमा १२ वटा र हाल सम्मका ५० मुद्दा गरि ६२ मध्ये अझै ४६ बाँकी रहेका जिल्ला न्यायधिश धर्मराज पौडयालले बताउनु भयो । तहसिल तर्फ ६ वटा मध्ये ३ फछयौट भईसकेका र ३ बाकी रहेका उहाँले बताउनु भयो । यस्तै कैद जरिवाना अन्तर्गत ४ करोड ६३ लाख ८९ हजार ५ सय ६४ रुपैया ६ पैसा मध्ये ३ लाख ५५ हजार ५ सय ५० असुली भएको र अझै ४ करोड ६० लाख ३४ हजार १४ रुपैया ६ पैसा बाकी रहेको छ भने कैद तर्फ  २ सय १७ वर्ष १० महीना ८ दिन मध्ये १० बर्ष ३ महीना पुरा भएको र अझै २ सय ७ वर्ष ७ महीना ८ दिन बाकी रहेको बताईएको छ । अन्तरकृया कार्यक्रममा बढी जसो महीला हिसा, यौन जन्य, घरेलु हिंशा, सम्पती हकका मुद्दा बढीरहेका जिल्ला जिल्ला अदालत अछामका न्यायधिश धर्मराज पौडयालले बताउनु भयो । 

सहभागि सञ्चारकर्मिले आगामि दिनमा पिडीतले न्याय पाउनका लागि अदालती कार्य छिटो छरितो र जनता मैत्री हुनुपर्नेमा जोड दिएका थिए । सो अन्तरकृया कार्यक्रममा पत्रकार महासघ अछामका सचिव होम साउद, सहसचिव मेनुका ढुंगाना, रेडीयो रामारोशनका कमल रावल, खप्तड न्युज दैनिक रोमन भट्ट, वैद्यनाथ दैनिकका तुल बहादुर कुवरको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अदालतका श्रेस्तेदार दिपेन्द्रनाथ योगिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो