"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालबालिकाहरुलाई लक्षित गर्दै अछाममा स्वास्थ्य शिबिर

कमल रावल/माघ ३, अछाम । आँखा, कान र विभिन्न शारीरिक समस्या भएका बालबालिकाहरुलाई लक्षित गर्दै अछाम जिल्लाको विभिन्न ठाउँमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका विनायकमा रहेको स्वास्थ्य चौकीमा माघ २ गते र सदरमुकाम मंगलसेन स्थित जिल्ला अस्पतालमा माघ ३ गते शिबिर सम्पन्न भएको हो। 

शिविरमा १७१ जनाको स्वास्थ्य परीक्षण गरिएको र ६ जनालाई सामाग्री बितरण गरिएको समाबेशी प्रारम्भिक तह पढाइ परियोजना जिल्ला अधिकृत अमर खड्काले जानकारी दिएका छन् । 

कार्यक्रम लागू भएका १० वटा विद्यालयमा विगत २ पटक गरिएको प्रारम्भिक पहिचान र चेक जांचमा आँखा, कान र विभिन्न शारीरिक समस्या देखिएका बालबालिका लक्षित गरी संचालन गरिएको शिविरमा अन्य व्यक्तिले समेत उक्त सेवा पाएका थिए भने महेन्द्र मा.वि बयलपाटाको स्रोत कक्षामा अध्ययनरत सुनाइ सम्बन्धि समस्या भएका ७ बालबालिको माघ १ गते विद्यालय मै चेक जांच गरी ३ जनालाई सुनाइमा सहयोग गर्ने सामग्री वितरण गरिएको थियो । 

युनिसेफको आर्थिक सहयोगमा विश्व शिक्षा नेपाल र ह्याण्डिक्याप इन्टरनेशनल नेपालको प्राविधक सहयोग सेतो गुराँस बाल बिकास सेवा अछामद्वारा संचालित अपांगता भएका बालबालिका केन्द्रित समावेशी प्रारम्भिक तह पढाइ परियोजना अन्तर्गत पुनस्थापना तथा विकासका लागि स्रोतकेन्द्र (आर.सि.आर.डी) नेपाल र सेतो गुराँस बालविकास सेवा अछामको संयुक्त आयोजना तथा स्वास्थ्य चौकी विनायक र जिल्ल स्वास्थ्य कार्यालय अछामसँगको समन्वयमा आँखा, कान र विभिन्न शारीरिक समस्या भएका बालबालिकाको शिविरमा परीक्षण र चेक जांच गरिएको थियो । 

सेतो गुराँस बालविकास सेवा अछामले स्थापनाकाल (२०६३) देखि जिल्लामा बाल विकास, बाल अधिकार र विगत २ वर्ष देखि अपांगताको क्षेत्रमा समेत काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश