2026-10-14 09:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश ७ पहाडी जिल्लामा वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

माघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ । 

प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स्थानमा खाद्य डिपो सञ्चालनमा ल्याएर खाद्यान्नको अभाव टारिरहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख गंगादत्त पन्तले बताउनुभयो ।

“सदमुकाममा शाखा कार्यालय भएका जिल्लामा सहज रुपमा चामल र गहुँ खरिद बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “डिपोहरुमा ठेकेदारमार्फत खाद्यान्न पुर्याएर स्थानीय निकायको रोहबरमा बिक्री वितरण गर्नुपर्ने बाध्यता छ ।” 

चालू आवका लागि पहाडी जिल्लाका लागि करिब ५२ हजार क्विन्टन खाद्यान्नको ब्यवस्था गरेको छ । “सबै जिल्लाका डिपोमा गरेर २१ हजार क्विन्टल खाद्यान्न अहिलेसम्म पठाइसकेका छौँ,” पन्तले भन्नुभयो, “दुर्गम ठाउँमा केही नयाँ डिपोसमेत स्थापना गरेर खाद्यान्न पुर्याउने काम भइरहेको छ ।” 

खाद्य संस्थानले बाजुरा सदरमुकाम मार्तडीमा शाखा कार्यालयका साथै, कोल्टी र उत्तरी भेगमा रहेको कबाडी डिपोबाट खाद्यान्न बिक्री वितरण गरिरहेको छ । “सबैभन्दा बढी खाद्यान्न खपत बाजुराको कबाडी डिपोबाट हुँदैआएको छ,” उहाँले भन्नुभयो, “खाद्य वितरण प्रणाली छिटोछरितो बनाउन हामीले केन्द्रमा शाखा विस्तार र जनशक्ति खटाउन माग गरेका छौँ ।” 

बझाङमा चैनपुर, तलकोट र बिसौनाबाट सर्वसाधारणलाई खाद्यान्न वितरण हुने गरेको छ । दार्चुलामा पारिबगर, खण्डेश्वरी र सुनसेरास्थित खाद्य डिपोबाट खाद्यान्न बिक्री वितरण हुने गरेको खाद्य संस्थानले जनाएको छ । बैतडीमा पुच्यौडीहाट, मेलौली र कुलाउ डिपोबाट वार्षिक १० हजारभन्दा बढी क्विन्टल खाद्यान्न बिक्री वितरण हुने गरेको छ । अछाममा मंगलसेन शाखाका साथै कमलबजार र विनायक डिपोबाट खाद्यान्न वितरण हुने गरेको संस्थानले जनाएको छ । 

खाद्य संस्थानले दार्चुला र बैतडीमा ६–६ हजार क्विन्टल, अछाममा दुई हजार ५०० क्विटल चामल र गहुँ पठाउने तयारी गरिरहेको छ । “अहिलेसम्म खाद्यान्नको अभाव भएको छैन,” संस्थानका निमित्त कार्यालय प्रमुख पन्तले भन्नुभयो, “ढुवानी लागतअनुसार खाद्यान्नको मूल्य पाँचवटै जिल्लामा फरक छ ।” 

द्वन्द्वकालमा बाजुराबाहेक सबै जिल्लामा खाद्यान्न बिक्री वितरण प्रभावित थियो । खाद्यान्न वितरण व्यवस्थित बनाउन कर्मचारी खटाउने काम भइरहेको पन्त बताउनुुहुन्छ । समयमै ठेकेदार कम्पनीमार्फत खाद्यान्न पुर्याइरहेकाले खाद्यान्न समस्याको गुनासो नआएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश