2026-10-28 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भारतबाट अलपत्र चेलीको उद्धार: भन्छिन्- ‘मलाई कान्छी आमाले फेरी बेच्न पञ्जाब पुर्याउछिन्’

माघ १७, कपिलवस्तु | आमाको मृत्यु पश्चात १७ बर्षकी –  किशोरी गुल्मीको रिडी घर बताउने ( पुजा थापा) नाम परिवर्तनको जिबनमा कहाली लाग्दा दिनहरुले  झेल्न थाल्यो कारण उनकै कान्छि आमा थिइन् घर जानुपर्छ भनेपछि आँसुको धारा बग्ने ती अबोध किशोरी बारम्बार मलाई घर नलैजानु मलाई फेरी कान्छी आमाले बेच्न पञ्जाब पुर्याउछिन् भन्ने शब्दले सहजै थाहा पाउन सकिन्छ ती किशोरीलाई चरम पिडा थियो भन्ने ।

किशोरीलाई २०७४/१०/१३ गतेको दिन भारतको  मुल प्रवाह अखिल भारत नेपाल एकता समाज नगर समिती चण्डीगढ अन्तर्गत मोहाली एरीयामा  अलपत्र  अवस्थामा उद्धार गरीएको थियो । उद्धार पश्चात निज चेलीलाई बिगत १० बर्षदेखि मानब बेचबिखन तथा लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई. नेपालले संरक्षणमा लिएको छ । संरक्षण पश्चात सोधपुछको क्रममा निज चेलीको केहि बर्ष अगाडी दुर्घटनामा परि आमा र दाईको मृत्यु भएको र उनको  बावाले  दोस्रो बिवाह गरेको खुल्न आएको छ ।  बाबाको बिहे पश्चात निजलाई उनको सौतेनी आमाले हेर्ने दृष्टी राम्रो थिएन निज चेलीको भनाईलाई उद्धत गर्दै “मलाई पहिला पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भए मेरो १ दिदी केहि महिना अगाडी देखी सम्पर्कमा छैनन्” किशोरीले रुँदै बताइन् । आवश्यक प्रकृया र परामर्श पश्चात अझै बास्तविक घटना केहो भन्ने कुरा इ.प्र.का रिडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेको छ । हाल निज किशोरीको बाबा आमा दुबै रिडीमा नरहेको बुझिएको छ ।

बास्तबिक घटनाको बारेमा इप्रका रिडीसंग निरन्तर समन्वय गरि प्रकृया अगाडी बढाउने इ.प्र.का कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी गराउनु भयो । चेलीको न्याय र संक्षणका लागि के.आई नेपालले सहायता गर्ने र के.आई नेपालको सुरक्षित आवास गृह चितवनमा बिभिन्न सीप विकास तालिम प्रदान गरि आत्म निर्भर गराउने उदेश्यले लैजाने तयारी भएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला