२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा तीन महिनादेखि शिक्षकले तलब पाएनन्

२०७४, १९ माघ शुक्रबार ०७:०९

माघ १९, बैतडी | नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । 

नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका शिक्षकले चालू आर्थिक वर्षको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए । तर नगरपालिकाले दोस्रो चौमासिकको तीन महिना बित्नै लाग्दा समेत बजेट निकासा गर्न सकेको छैन । 

विगतमा नियमित पाउँदै आएको तलब भत्ता अहिले रोकिँदा शिक्षक समस्यामा परेको भन्दै शिक्षक संघ, संगठन आन्दोलित भएका छन् । स्थानीय तह गठनपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबभत्ता सम्बन्धित गाउँ तथा नगरपालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था लागू भएपछि आफूहरुले समयमै तलब पाउन नसकेको नेपाल शिक्षक संघका उपाध्यक्ष घनश्याम लेखकले बताउनुभयो । 

बजेट अपुग रहेकाले अहिले शिक्षकको तलब समयमै दिन नसकिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । शिक्षा विभागबाट कम बजेट आएकाले तत्काल तलब दिन नसकिएको र अपुग रकम माग गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । उहाँले भन्नुभयो “पहिलो चौमासिकमा पनि अपुग रकम आएको र नगरपालिकाले आफ्नो बजेट थपेर शिक्षकलाई तलब खुवाएको हो ।” 

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि विभिन्न १३ शीर्षकमा बजेट आउने गर्दछ । तर सबै शीर्षकमा विभागबाट न्यून बजेट आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि वार्षिक रु १६ करोड १९ लाखभन्दा बढी रकम आवश्यक रहेकोमा रु १० करोड ७० लाख आठ हजारको मात्रै अख्तियारी आएको नगरपालिकाले जनाएको छ । 

विद्यालयका लागि रु पाँच करोड चार लाख ७७ हजार बजेट अपुग रहेकोले अपुग रकम विभागसँग माग गरिएको नगरपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी