२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एक्लो संघर्षले सफल तरकारी व्यवसायी धनसरा

२०७४, २५ माघ बिहीबार ०६:१७

माघ २५, अछाम | भनिन्छ श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको एक पाङ्ग्रा नहुँदा रथ नै चल्न सक्दैन । परिवारको सफलतामा श्रीमान् र श्रीमती दुवैको एकअर्कालाई साथ हुनु पर्दछ । जीवनभर सँगै जिउने र सँगै मर्ने वाचा–कसम खाएर श्रीमान्–श्रीमतीका रुपमा कायम भएको नाता सम्बन्ध बीचमै टुटेर एकल रुपमा जीवनयापन गर्नुपर्दा एउटा महिलालाई कति दुःख झेल्नु पर्दछ होला, त्यो कुरा त स्वयं भोग्नेलाई मात्र थाहा हुन्छ । 

श्रीमान् र घरपरिवारको साथ बिना एक्लो जीवन बिताए पनि मिहेनत र परिश्रमले समाजमा उदाहरणीय बनेका महिला पनि छन् । जीवनभर साथ दिन्छु भन्ने कसम खाने श्रीमान्ले जीवनको मध्यतिर आएर दोस्रो बिहे गरेर अर्कै बाटो हिँड्दा पनि जीवनदेखि कुनै हरेस नखाएर आप्mनै एकल परिश्रम र मिहेनतले उदाहरणीय बन्न सफल भएकी छन् धनसरा खड्का । 

श्रीमान् भएर पनि एक्लो जीवन बिताइरहेकी अछामको साफेबगर नगरपालिका–३ प्रभाकी ४५ वर्षीया धनसरा सफल तरकारी व्यवसायी बनेकी छिन् । श्रीमान्ले बीचमै साथ छोडी अर्कोसँग बिहे गरेर गए पनि जीवनदेखि कुनै हरेस नखाई यही समाजमा केही नयाँ र उदाहरणीय काम गरेर देखाउँछु भन्ने मनमनै अठोट बोकेकी उनले अठोट पूरा गरेर छोडेकी छिन् । 

श्रीमान्ले अर्को बिहे गरेर बाँकेको कोहलपुरमा बस्न थालेपछि एक्लिएकी धनसरा अरूको सहारा नभए पनि मिहेनत गरेर एक्लै पनि बाँच्न सकिन्छ भनेर संघर्ष गरिरहेकी छिन् । शुरुमा गाउँमै तरकारी खेती गर्न थालेकी उनले पछिल्लो समय करिब साढे तीन वर्षदेखि तरकारी संकलन गरेर बिक्री गर्दै आएकी छिन् । हाल उनी आफू भने तरकारी खेती गर्दिनन् तर गाउँमा अरूले उत्पादन गरेको ताजा तरकारी सदरमुकाम पुर्याउँछिन्, आफैँ बिक्री गर्छिन् र आम्दानी पनि राम्रै गरिरहेकी छिन् । “मिहेनत गरे अनुसारको आम्दानी राम्रै भइरहेको छ”, धनसराले भनिन्, “आफ्नो एक रुपैयाँ लगानी बिना नै मासिक रु २० हजार कमाई त कहीँ जाँदैन ।” 

आफ्नो लगानी बिना नै राम्रो आम्दानी मात्र गरिरहेकी छैनन् सदरमुकामवासीलाई दैनिक रुपमा ताजा तरकारी खुवाइरहेकाले उनी सबैको धन्यवादकी पात्रसमेत बनेकी छिन् । शुरुका करिब डेढ वर्ष सदरमुकाम मंगलसेनको बीच चोकको छेवैमा एक पसलअगाडि खुल्ला रुपमा तरकारी बिक्री गरेकी उनले पछिल्लो दुई वर्षदेखि जिविस रोडमा पसल नै भाडामा लगेर तरकारी बिक्री गरिरहेकी छिन् । 

मंगलसेनमा अधिकांश तरकारी भारतबाट तथा तराईका जिल्लाबाट आउने हुँदा उपभोक्ताले विषाक्त र त्यसमा पनि कुहिएको तरकारी खानु परिरहेको अवस्थामा गाउँमै उत्पादित ताजा तरकारी खुवाउने काममा रातदिन सक्रिय धनसराको मिहेनतले काम नै छैन भन्ने धेरैलाई गिज्याइरहेको छ । एकातर्फ ताजा र त्यसैमा पनि बजारको मूल्यभन्दा निकै सस्तोमा तरकारी खुवाइरहेकी धनसरा कुनै दिन सदरमुकाममा नआउँदा धेरै उपभोक्ता उनको सोधिखोजी गर्न थाल्छन् । “एक दिन तरकारी ल्याएर नआउँदा पनि हिजो कता जानुभएको थियो भनेर सोध्ने गर्दछन्”, धनसराले सुनाइन्, “मैले गरेको मिहेनतबाट मलाई मात्र फाइदा नभएर तरकारी उत्पादन गर्ने किसान, उपभोक्ता र गाडीलाई पनि फाइदा हुने गरेको छ ।” गाउँमै तरकारी खेती गर्ने धनसराले अहिले आफैँले तरकारी खेती नगरे पनि गाउँमा तरकारी खेती गर्ने किसानको समूह निर्माण गरेर साँफेबगरमा संकलन केन्द्र राखेकी छिन् । 

उनले मंगलसेनमा ल्याएर बिक्री गर्ने तरकारी त्यही संकलन केन्द्रको तथा जयगढ, गाँज्रा, जनालीकोट लगायतका ठाउँको हो । उनी गाउँको तरकारी सदरमुकाममा ल्याएर मात्र बिक्री गरिरहेकी छैनन् सदरमुकाममा सस्तो पाइने सामान जयगढ, साँफेबगर लगायतका क्षेत्रमा पनि लगेर बिक्री गर्ने गर्दछिन् । मिहेनत गरेर खानेका लागि गाउँमै प्रशस्तै अवसर भएको उनको बुझाइ छ । 

“म महिला भएकाले सडक छेउछाउका गाउँमा मात्र पुगेर तरकारी ल्याउँछु”, धनसराले भनिन्, “टाढाटाढाको गाउँमा उत्पादन भएको तरकारी संकलन गरेर जिल्लाकै बजार क्षेत्र तथा जिल्लाबाहिर पठाउन सके पैसा कमाउन भारतलगायत खाडी मुलुकमा जानु पर्दैन ।” तरकारीबाहेक धनसराले पछिल्लो समय गाउँघरबाट निगालोबाट बनेका डोका, डालो, छाप्रो लगायतका वस्तु पनि सदरमुकाम ल्याएर बिक्री गरिरहेकी छिन् । दालका साथै गाउँबाट ताजा घ्यूसमेत ल्याएर उनी सदरमुकाममा बिक्री गरिरहेकी छिन् । 

सदरमुकाममा उनलाई वास्तविक नामले भन्दा पनि प्रायःले ‘तरकारीवाली’का नामले चिन्ने गर्दछन् । “श्रीमान्ले साथ छोड्यो भनेर हरेस खाएर बसेको भए यो अवस्थामा पुग्ने थिइनँ”, उनले सुनाइन्, “तरकारी बेचेकै कमाईले छोरालाई १२ कक्षासम्म पढाएर अहिले विदेश पठाएकी छु ।” घरपरिवारबाट सहयोग नपाउँदा पनि आफूले मिहेनत गरेमा पैसा कमाउन खासै अप्ठेरो नहुने उनी सुनाउँछिन् । महिला भएर एक्लै तरकारी किन्न गाउँ गाउँ डुल्दा आफ्नो पिठ्यूँ पछाडि धेरैले कुरा काटेको उनले सुने पनि लामो समयसम्म मिहेनत गरेको देख्दा तिनै कुरा काट्नेले अहिले राम्रो काम गर्नेमा आफ्नै उदाहरण दिने गरेको समेत उनले सुनेकी छिन् । 

उनको मिहेनत देखेर करिब डेढ वर्षसम्म आप्mनै पसल अगाडि तरकारी बिक्री गर्न दिएका अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगानाले एकल भएर पनि धनसराले गरेको परिश्रम समाजका लागि निकै उदाहरणीय रहेको बताउनुभयो । घरपरिवार कसैको साथ र सहयोग बिना आफ्नै परिश्रमले सफल तरकारी व्यवसायी बनेकी धनसराको मिहेनतको सबैले अनुसरण गर्न सके घरको आर्थिकस्थिति सुधार्न विदेश नै धाउनु अवश्य पर्दैन भन्ने कुरा पनि प्रष्ट भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा