प्रेम सुनार/माघ २६, गुल्मी । गुल्मीमा सम्भवत पहिलो पटक एक महिलाले एक पुरुषलाई वलात्कारको प्रयास गरेकी छन् ।

घटना माघ १ गतेको हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेको छ ।

वडाध्यक्ष मानबहादुर कुँवरसंग सम्पर्क राख्दा उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । उनका अनुसार दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष हुन ।

ति पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ति मध्येकी एक महिलाले ति पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अध्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको ति पुरुषले बताएका छन् ।

वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा गम्भीर असर परेपछि उनलाईै जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराई रहेका छन् ।

स्थानियका अनुसार उनी एकदमै सोझा व्यक्ति हुन् । दुई वटी श्रीमति विवाह गरेर पनि उनले वास्ता नगरेपछि ति महिलाहरुले छाडेर भाई वुहारीहरुसंग वसेका छन् ।

उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ । धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापासंग सम्पर्क राख्दा उनले त्यस्तो उजुरी परेको बताए ।

उनले भने–‘अहिले ति पुरुषको उपचार भई रहेको हुँदा डाक्टरको रिर्पोट नआए सम्म अनुसन्धानकै क्रममा छ, मैले जिल्लामा डिएसपी सावलाई समेत जानकारी गराई सकेको छु ।’

ति महिलाले सुरुमा मैले उपचार खर्च ब्यहोर्छु, थाना चौकी नगराउँ भनेको तर अहिले मैले होईन भन्ने गरेको एक जनप्रतिनिधीले बताए । ति महिलाका श्रीमान भारतमा रोजगारीमा रहेका छन् ।

ति पुरुषका उजुरीकर्ता उनकी भाई बुहारी रहेको प्रहरीले बताएको छ । उनिहरु दुवै दलित समुदायका हुन् ।

February 10, 2018
काठमाडौँ - KTM, गुल्मी - GLM, समाज
महिलाद्धारा वलात्कृत हुने पालो अव पुरुषको: गुल्मीमा यस्तै घटना घट्यो
By kit
4 मिनेट पढाइ