2026-09-14 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा हात्तीपाइलेको आम औषधि सेवन कार्यक्रम सफल

नरी बडु/माघ २८, बैतडी । जिल्ला स्वास्थ्य कार्यालय, बैतडी र किट विषेशज्ञको टोलिले जिल्लाका दुई स्थानीय तहमा गरेको सर्वेक्षण अनुसार पछिल्लो समय हात्तीपाइले (फाइलेरिया) रोग बैतडीमम भेटिएको छैन । 

अन्तिम चरणमा हात्तीपाइले विरुद्धको आम औषधि सेवन खुवाईन लागेको यस जिल्लाको पाटन नगरपालिका र शिवनाथ गाँउपालिका ६ सय व्यक्तिहरुमा गरिएको सर्वेक्षणले यस्तो बताएको हो । 

२०६७ सालमा गरिएको सेर्वेक्षणले बैतडीका अधिकासं व्यक्तिहरुमा हात्तीपाईले रोगको परजिवि भएको पुष्टि गरेको थियो । २०६८ बाट बैतडी सहित हात्तीपाइलेको परजिवि भेटिएका अन्य ३६ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गरिएको थियो ।

टास्क सर्वे गर्दा हात्तीपाइलेको परिजिवि निष्कृय भएको देखिएकाले फागुन १२, १३ र १४ गते अन्तिम अर्थात छैटौँ चरणको आम औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले बताउनुभयो ।

हात्तीपाइले निवारणका लागि बैतडीका दुई लाख  ५१ हजार ६३ व्यक्तिलाइ हात्तीपाइले विरुद्धको आम औषधिखुवाउने लक्ष्य राखिएको छ । आमऔषधि सेवनको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतलाई अभिमुखीकरण गरिएको छ । बैतडीसहित औषधि सेवनको चरणमा रहेका अन्य ३६ जिल्लामा आम औषधि सेवन कार्यक्रम संञ्चालन हुदैछ ।

दुई वर्ष मुनिका बालवालिका, दिर्घरोगी, कडा कुपोषण भएको व्यक्ति, गर्भवती, सात दिन भित्रका सुत्केरी र अन्य कुनै औषधि नियमित रुपमा सेवन गरिरहेका व्यक्ति बाहेक सबैले यो औषधि सेवन गर्नुपर्ने स्वास्थयकर्मिहरुको भनाई छ ।

सन २०२० सालसम्म नेपालबाट हात्तीपाइले रोग कम्तीमापनि एक प्रतिशतमा झारेर उन्मूलनगर्ने लक्ष्य राखिएको छ, सोही लक्ष्य प्राप्तिका २५ जिल्लामा आम औषधिका छवटै चरण पुरा भैसकेका छन् । १२ हिमाली र दुई पाहाडी गरी १४ जिल्लामा यो रोगको परजिवि भेटिएको छैन् । 

हात्तीपाइले रोग क्यूलेक्स नामको पोथी लाम्खुट्टेबाट सर्ने र यो रोग लागेमा व्यक्ति अपाङ्ग भई मृत्यू समेत हुने भएकाले हात्तीपाइले बिरुद्धको आम औषधि सेवन कार्यक्रममा सरिक हुन चिकित्सकले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ