Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सउदीमा १५ वर्ष देखि बेपत्ता गुल्मीका राकसकोटी घर आउँदै

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/फागुन ३, गुल्मी । साउदी अरेबियामा १५ वर्ष देखि घर परिवारको सम्पर्कमा नआएका गुल्मीको पल्लीकोट गाउँका टेकबहादुर राकसकोटी फेला परेका छन् ।

हालको छत्रकेट गाउँपालिका , साविकको पल्लीकोट  गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको बताए।

हाल सम्म वेपत्ता भएका  टेकबहादुर राकसकोटी सउदीअरेविया स्थित दुतावासको सहयोगमा अव  छिट्टै घर फर्कंने भएका हुन् ।

१७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन्।

साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो। त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्‍याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत डाक्टर महेन्द्रप्रसाद सिंहले बताए।

उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो। तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए। साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो। कसैलाई सम्पर्क गर्ने मौका दिइएन।

१५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन। अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन्। श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन्। ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन।

दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छन् । उनि सम्पर्कमा आई घर आउने खवर भए पछि घर परिवार र आफन्तजनमा खुशीयाली छाएको छ । प्रतिक्षाको फल मिठो हुन्छ भन्ने बुढापाकाको भनाई सत्य सावित भएको छ ।

कतिपय महिला दुई तिन वर्ष श्रीमान विदेशमा सम्पर्क विहिन हुँदा विचलित भएर अर्को विवाह गर्ने गरेको पाईएको अवस्थामा यस घटनाले  धै¥य गर्नु पर्ने सन्देश दिएको छ ।