Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकारहरुको कलम शक्तिशाली हुन्छ, दुरुपयोग नगरौं: महानिर्देशक राई

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/फागुन ३, गुल्मी । सुचना तथा सञ्चार मन्त्रालय, सुचना विभागका महानिर्देशक बिरबहादुर राईले पत्रकारहरुको कलम शक्तिशाली हुने गरेकोले त्यसको दुरुपयोग भने कसैले गर्न नहुने सुझाव दिएका छन् ।

सुचना विभागको आयोजना र युएसएडको सह आयोजनामा नेपाल पत्रकार महासंघ गुल्मी शाखाको संयोजनमा आज देखि सदरमुकाम तम्घासमा सुरु भएको ५ दिने आधारभुत पत्रकारिता तालिममासहभागिहरुलाई सम्वोधन गर्दै महानिर्देशक राईले यस्तो सुझाव दिएका हुन् ।

प्रेस काउन्सिल नेपालका सदस्य सचिव समेत रहेका राईले भने–‘पत्रकार र सञ्चार माध्यम विरुद्ध थुप्रै उजुरी आउने गरेका छन् , त्यसमा पत्रकारहरु क्षमा मागेर उम्कीन खोज्छन ।

तर क्षमा मागेर हुँदैन किन कि कसैलाई त्यो समाचारले ठुलो पिडा दिई सकेको हुन्छ ।

उनले अहिलेको जमना सामाजिक सञ्जालको भएको तर कतिपय सामाजिक सञ्जालमा आउने समाचार सत्य तथ्यमा आधारित नहुने गरेको प्रति सवै पत्रकारहरुलाई सजग गराएका छन् ।

समाजका लागि पत्रकारहरुको भुमिका अहंम रहेकोले जिम्मेवार ढंगबाट कलम चलाउनु पर्नेमा जोड दिए ।

पहिलाको जस्तो अवको पत्रकारिता नहुने, संघिय संरचना अनुसार चल्नु पर्ने धारणा राख्दै महानिर्देशक राईले जिम्मेवार र दक्ष पत्रकार उत्पादनका लागि सुचना विभागले विभिन्न जिल्लामा पत्रकारिता तालिम सञ्चालन गर्र्दै आएको जानकारी दिए

करिव ३५ जना सहभागि तालिमा युवा भन्दा युवतीहरु दोव्वर भन्दा बढि सहभागि रहेका छन् ।

तालिम उद्घाटन सत्रमा रेसुङ्गा नगरपालिकाका मेयर ढिल्लीराज भुसाल, जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरे । सुचना विभागकी अधिकृत सरस्वती महार्जन, युएसएड नेपालका महासचिव रुपक कार्की लगायतको विशेष आतिथ्यता रहेको थियो ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सह–सचिव घनश्याम खरेलको सञ्चालन रहेको थियो ।