2026-08-29 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धामिद्धारा प्रकाशित पुस्तकको बिमोचन, पत्रकार थापा सम्मानीत

कमल रावल | फागुन १४, अछाम | राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सेती अञ्चल अध्यक्ष पदम बहादुर धामिद्धारा प्रकाशित होरी देउडा संगालो नामक पुस्तकको मंगलसेनमा बिमोचन गरिएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामद्धारा आयोजित होलि देउडा कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमममा जिल्ला समन्वय समिती अछामका संयोजक टोप बहादुर रावल र मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले एकसाथ बिमोचन गर्नु भएको थियो । बिमोचन गर्दै अतिथी रावल र उपाध्यायले जिल्लामा धामिले होलिको संरक्षणका लागि पुस्तक प्रकाशन गरेकाले स्रहानीय काम गरेकाले यसलाई सबैले अध्ययन गर्नु पर्नेमा जोड् दिनु भएको थियो । 

प्रकाशक धामीले पुस्तकको बारेमा प्रकाश पार्दै समग्र जिल्लाको कला, सस्कृती र संरक्षणमा टेवाका लागि प्रकाशन गरेको बताउनु भयो । संस्थागत देखि ब्यक्तिरुपमा प्रकाशन गर्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनु भएको थियो । राष्ट्रीय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति अछामका अध्यक्ष भोजराज भाट्को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार टेक बहादुर थापालाई प्रतिष्ठानले सम्मान समेत गरेको थियो । रेडियो रामारोशनमा रही अछामका भाषा, कला, साहित्य, सस्कृति जगेर्नाका लागि महत्वपुर्ण योगदान पुरयाएकाले उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । 

सम्मान ग्रहण गर्दै पत्रकार थापाले आफुले पाएको सम्मान सबै अछामी जनताको भएकाले यसको श्रेय बिशेष रेडीयो रामारोशनलाई जाने उहाँले बताउनु भयो । आफनो सम्मानको पछाडी संस्थामा काम गरिरहदा अग्रज अभिभावक, सहकर्मि साथी र जिल्लाका अग्रज पत्रकारको साथले यो सम्मान पाएको प्रतिक्रिया दिनु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष देबेन्द्र प्रसाद भाट्को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बहादुर बोहरा, नेकपा माओवादि केन्द्रका शिब बहादुर बोगटि, समाजसेवि कर्ण बहादुर केसि, वडा नम्बर ३ का अध्यक्ष पदम बहादुर भाट, ४ का पदम बहादुर धामि, ६ का जनकराज भण्डारि, ८ का हिरिण्ड बोहरा, मंगलसेन नगरपालिका प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना लगाएतको उपस्थिती रहेको थियो । 

सो कार्यक्रमको संञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामका सचिव जनक साउदले गर्नु भएको थियो । कार्यक्रममा कलाकार रुपक परियार, नयातारा कला सागरका कलाकारले समेत आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह