Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १५ गते, बिहान ९:०६ बजे बैतडी - BTD, समाज

बैतडीमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालक गम्भीर घाईते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सास/फागुन १५, बैतडी । चितुवा प्रभावित बैतडीको तल्लोसोराडमा चितुवाले फेरी आक्रमण गरेको छ ।

मंगलबार राति पौनै १० बजे मेलौली नगरपालिका– ९ रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेश चन्दलाई चितुवाले आक्रमण गर्दा गम्भिर घाईते भएका छन् ।

राती घरमा सुतिरहेको घरभित्रै पसेर चितुवाले आक्रमण  गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । गम्भिर घाईते बालकलाई उपचारका लागि डडेल्धुरा पठाईएको छ ।

यसअघि गत भदौमा मेलौली नगरपालिका ९ कै एक महिलालाई चितुवाले आक्रमण गरि घाईते बनाएको थियो भने, बिगत २०६८ साल यता तल्लोसोराडमा चितुवाले २३ जनाको ज्यान लिइसकेको छ ।

चितुवाको आतंक भैरहदा जिल्ला सुरक्षा समितिले पटक–पटक प्रहरी त्यँहा खटाएपनि प्रहरीले चितुवा फोला पर्न सकेको छैन् । चितुवा प्रभावित क्षेत्रका नागरिकले स्थाई प्रहरी चौकीको माग गरेकाछन् ।