Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २२ गते, साँझ ८:०१ बजे बैतडी - BTD, समाज

बैतडीमा भालुको आक्रमणबाट महिला गम्भीर घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>नरी बडु | फागुन २२, बैतडी |</b> भालुको आक्रमणबाट बैतडीमा एक महिला गम्भीर घाइते&nbsp; भएकी छन् । दशरथचन्द नगरपालिका–४, खोली जर्गका शंकरदत्त पाण्डेयकी ५५ वर्षीया श्रीमती शारदा पाण्डेय (झुपा) भालुको आक्रमणबाट गम्भिर घाइते भएकी हुन् ।&nbsp;<br></p><p>गाउँ नजिकैको कोटकला जंगलमा बाख्रा चराउने क्रममा मंगलबार बिहान ११ बजे भालुले आक्रमण गरेको हो । घाइते पाण्डेयको घाटी, हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp; पछाडीबाट एक्कासी आक्रमण गर्दा घाइते भएकी हुन् ।</p><p>घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि धनगढी रिफर गरिएको छ । घाइतेलाई जिल्ला वन कार्यालयले राहत स्वरुप तत्काल १० हजार रुपैयाँ दिएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए ।</p>