Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २६ गते, साँझ ८:२२ बजे बैतडी - BTD, समाज

बाँदर लखेट्न जुटे दशरथचन्द नगरपालिका मेयर सहित नगरबासी

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु | फागुन २६, बैतडी | हातहातमा लठ्ठी, सीटी, भाला, गुलेली र बन्दुक लिएर दशरथचन्द नगरपालिका मेयर नेरन्द्र थापा र करीब ४ सयको संख्यामा स्थानीय गोठालापानी नजिकैको कलुवाडको मोडमा जम्मा भए । बाँदरले आतंक गर्न थालेपछि स्थानीय मिलेर सामुहिक बाँदर लखेट्ने अभियान थालेका हुन् । सदरमुकाम आसपासमा केही वर्षयता बाँदरले बालीनाली, फलपूmल, सागतरकारी र पस्केको खाना समेत खान थालेपछि स्थानीय सास्ती भोग्दै आएका छन् ।

दशरथचन्द नगरपालिकाका मेयरसहित वडाध्यक्षलगायत स्थानीय बाँदर लखेट्न जुटेका हुन् । खेतबारी मात्रै होइन बाँदरले घरभित्रको सामग्रीसमेत नष्ट गर्न थालेपछि बाँदर लखेट्ने अभियान चालेको अभियानकर्ता भुवनबहादुर चन्दको बताए ।

दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ मा बाँदरले बढी आतंक मच्चाएको स्थानीबासीले बताएका छन् । ‘खेतमा लगाएको कुनैबाली भित्राउन पाइदैन ्। खेतमा लगाएको सागसब्जी सबै बाँदरकै पोल्टामा जान्छ । अलिअलि फल्ने अन्नसमेत बाँदरले खाएपछि जहानपरिवार पाल्न समइा भएको स्थानीय बताउँछन् । ‘उज्यालो हुने बित्तिकै एकजनाले बाँदरको ड्युटीमा खटिनुपर्छ,’ स्थानीय राजेन्द्र भट्टले भने, फौजका फौँज बाँदर आउँदा कसैको केही लाग्दैन् ।’ पाँच वर्षयता बैतडी सदरमुकाममा बाँदर आतंक फैलिएको छ ।

बाँदरका फौंजले बालीनाली नष्ट गर्न थालेपछि कतिपयले बालीसमेत लगाउन छोडेका छन् । सुन्तला, जुनारलगायतका फलपूmल बढी फल्ने सदरमुकाममा बाँदरले सखाप पार्न थालेपछि बाँदर लखेट्न स्थानीय जुटेका हुन् । बाँदरले लखेट्न सजिलो भने छैन । ठूल्ठूला रुखका टुप्पोमा गएर बस्न थालेपछि समस्या भइरहेको दशरथचन्द नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए ।

बाँदरको आतंकले स्थानीय हैरान छन् । उनीहरुलाई लखेदै अन्यत्र पुर्याउने अभियान चलाएको वडाध्यक्ष भट्टले बताए । स्वतफुतरुपमा जम्मा भएका यहाँका स्थानीयले जस्तै अन्यत्रका स्थानीयले पनि बाँदर लखेट्न आग्रह गरिएको वडाध्यक्ष भट्टले जानकारी दिए । भारतले बाँदरलाई ट्रकमा ल्याएर महाकाली नदीमा छोडेपछि सदरमुकाम आसपासमा बाँदरको आतंक बढेको स्थानीयबासी बताउँछन् ।

भारतका विभिन्न ठाँउबाट ल्याईएका बाँदर सीमा नदी किनारमा छोडेपछि पारीका बाँदर वारी आएको स्थानीयको भनाई छ । बाँदरको व्यवस्थापनका लागि वडा नम्बर ५ ले केही बजेटसमेत विनियोजन गरेको छ । बाँदरले खेतमा लगाएको अन्नदेखि भान्छामा पकाएको खानासमेत खान थालेपछि स्थानीयबासीले नगरपालिकासँग बाँदर व्यवस्थापनको माग गरेका छन् । नगरपालिकाका बाँदर प्रभावित वडाका लागि कार्यक्रम ल्याउनपर्ने स्थानीयले माग गरेका छन् ।