२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विकास बजेट शिक्षकको तलबमा खर्च

२०७४, २८ फाल्गुन सोमबार ०६:०५

 फागुन २८, बैतडी | बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो । 

अर्थ मन्त्रालयले कम रकम निकासा दिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयले रु दश करोड मात्रै निकासा दिएकाले नगरपालिकाले रु चार करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो । 

दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् । 

नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताउनुभयो । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ । 

बालमैत्री नगरपालिका बनाउन प्रतिबद्धता 

बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो । 

प्रतिबद्धता पत्रमा नगरपालिकाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा बालबालिकाका योजनालाई अनिवार्य रुपमा समावेश गर्ने, विपद् व्यवस्थापनका कुरालाई ध्यान दिएर योजना निर्माण गर्ने लगायतका छन् । 

पाटन नगरपालिकाअन्तर्गत गाभिएको साबिकको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भइसकेको र वडा नं १ लाई पनि निकट भविष्यमै बालमैत्री घोषणाको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला