पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु/फागुन २८ बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानी आँखा अस्पताल छेउमा बेवारिसे शिशु (बालिका) को शव फेला परेको छ ।

सोमबार दिउसो टाउको नभएको अवस्थामा शिशुको सव फेला परेको हो । सव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शिशु जन्मनेवित्तिकै हत्या गरि फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्ने बारेमा केहि खुल्न सकेको छैन् ।

शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडीको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शिशुको सव पोस्टमाटमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।