Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २९ गते, अपराह्न ४:४८ बजे डडेलधुरा - DDL, बैतडी - BTD, समाज

बलत्कारको आरोपमा बैतडीको एक युवासहित अर्का एक डडेल्धुराबाट पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, डडेल्धुरा। डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीय (एकल वृद्धा) र १८ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन २६ गते राति १० बजेको समयमा जिल्लाको गन्यापधुरा–२ का ३२ वर्षीय केशव लुहारले सोही ठाउँकी ६२ वर्षीय वृद्धा महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

लुहारले राति सुतिरहेको अवस्थामा मदिरा सेवन गरी धम्काएर वृद्धालाई उनकै घरमा गएर बलत्कार गरेको पत्ररकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक जोशीले जानकारी गराए ।

यस्तै फागुन २६ मा बैतडीको पुरचौँडी नगरपालिका–२ घर भइ हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २५ वर्षीय नरेन्द्रबहादुर कँुवरलाई पनि बलत्कारको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको गाडीमा चढाइ दिन्छु भनि झुक्काएर डडेल्धुराको जोगबुढा पुर्याई जोगबुढास्थित एक होटलमा राखी १८ वर्षीया किशोरीलाई बलत्कार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राति १० बजेको समयमा किशोरीको ईच्छा विपरित जवरजस्तीकरणी गरेकाले कुँवरमाथि आवश्यक कारवाही भइरहेको डिएसपी जोशीले बताए ।